site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कतारले इतिहास रच्छ: प्रशिक्षक सान्चेज
Sarbottam CementSarbottam Cement

एजेन्सी । दक्षिण कोरियालाई क्वार्टरफाइनलमा प्रतिद्वन्द्वीका रूपमा पाएको कतारका प्रशिक्षक फेलिक्स सान्चेजले एसियन कपको उपाधि आफुहरूले जित्ने दाबी गरेका छन् । 

सन २०२२ को बिश्वकप आयोजनाको जिम्मेवारी पाएको कतारले मंगलबार इराकमाथि १-० को नतिजा निकाल्दै क्वार्टरफाईनलमा स्थान बनाएको हो । नाहयन रंगशालामा बासम अलि अल   रविले दोस्रो हाफमा फ्री किकबाट गरेको सुन्दर गोलमा कतारले इराकलाई हराउँदै क्वार्टरफाईनलमा स्थान बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एसियन कपमा पहिलो नकआउट खेल जितेको कतारले अब सेमिफाइनलका लागि शुक्रबार दक्षिण कोरियाबिरूद्ध खेल्नेछ । कतारका प्रशिक्षक सान्चेजले एसियन कपमा इतिहास रच्ने बताए ।  "एउटा मौका पायो भने सबै जित्न चाहन्छ ।  त्यसका लागि सक्षम छौं भनेर हाम्रा खेलाडीले प्रमाणित पनि गरेका छन्," कतारका प्रशिक्षक सान्चेजले भने । 

त्यसअघि दक्षिण कोरियाले बहराइनलाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटमा जिन-सु किमले गरेको गोलमा दक्षिण कोरियाले अन्तिम आठमा स्थान बनाएको थियो ।
२०१५ मा फाइनल खेलेको दक्षिण कोरियाले आफ्नो स्तर अनुसारको फुटबल खेल्न नसेको भन्दै स्टार खेलाडी  सन-ह्युङ मीन र प्रशिक्षक पाउलो बेन्टोको आलोचना भैरहेको छ । 

Global Ime bank

एसियन कप क्वार्टरफाइनलका प्रतिस्पर्धी 
दक्षिण कोरियाबिरूद्ध कतार
युनाइटेड अरब इमिरेट्स (युएई)बिरूद्ध अस्ट्रेलिया 
चीनबिरूद्ध इरान
भिएतनामबिरूद्ध जापान 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC