site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पी ओ अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ ।

चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पुर्याएको योगदानका कारण उहाँ यस अवार्डका लागि छनोट गरिएको वाई. पी. ओ.ले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वाई. पी. ओले आफ्ना सदस्यमध्येबाट  समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, गरीबी निवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हुदै आएका छन् । यो अवार्ड ११ बर्षअघि स्थापना गरिएको हो ।  

वाई. पी. ओ.ले नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्तीप्रति आफ्ना हरेक क्रियाकलापहरुलाई लक्षित गर्दै आएको चौधरी फाउण्डेसले शिक्षा, स्वास्थ्य, उद्यमशिलता विकास, जीविकोपार्जन, विपद व्यवस्थापन, सम्पदा एवं आध्यात्मिक विकास गरी ६ वटा विधामा ४३ विविध कार्यक्रम संचालन गर्दै आएको उल्लेख गरेको छ । 
जस अन्तर्गत २२ वटा दीगो सामाजिक व्यवसाय, तीन हजार बढी विद्यार्थीहरुका लागि छात्रवृती, भूकम्प पीडितहरुका लागि आवास निर्माण एवं नमुना वस्ती विकास, सीप विकास कार्यक्रम मार्फत १६ हजारभन्दा बढी रोजगारी सृजना गरि फाउण्डेसनले महत्वपूर्ण योगदान पुर्याएको छ । 
चौधरी फाउण्डेसनद्वारा निर्माण गरिएको शाश्वत धाम नेपालकै उत्कृष्ट गन्तव्यका रुपमा नेपाल सरकारबाट समेत सम्मानित भईसकेको छ । हाल शाश्वत धाममा प्रति महिना कम्तिमा एक लाख ५० हजार आन्तरिक एवं काह्य पर्यटक पुग्ने गरेका छन् । 

Global Ime bank

अवार्ड ग्रहण गर्दै प्रवन्ध निर्देशक चौधरीले वाई.पी.ओ. को सेन अवार्डबाट सम्मानित हुन पाउनु आफ्नो र फाउण्डेसनको लागि गर्वको कुरा रहेको र यसले आफुलाई सामाजिक कार्य गर्न थप उर्जा एवं प्रेरणा प्राप्त भएको बताए ।
कुनैपनि सामाजिक कार्यलाई उच्च गुणस्तरको एवं दिगो रुपमा संचालन गर्नु चुनौतीको रुपमा रहेको र यसैलाई हाम्रो समाज र समग्र राष्ट्रको उज्वल भविष्यको रुपरेखा तयार गर्ने अवसरको रुपमा फाउण्डेसनले लिएको पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC