site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
६० प्रतिशतभन्दा धेरै मिले चोरी ! उठान र अन्त्य मिल्न सक्छ, तर हुबहु मिल्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । गीतसंगीत चोरी गरेको आरोप बेलाबेलामा विश्वर नै सांगीतिक उद्योगमा लाग्ने गरेको छ । यस्तो आरोपमा धेरै कपीराइटमा पनि फस्ने गरेका छन् । नेपालमै पनि यस्ता घटना धेरै छन् । विशेषगरी संगीत हुबहु मिलेको आरोप धेरैले धेरैलाई लगाएका छन् ।  

गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटी कहिलेकाहीँ गीतको लय मिल्नसक्ने बताउँछन् । संगीतका सात सुरभित्रै बसेर संगीत सिर्जना गर्ने भएकाले कहिलेकाहीँ अरु कसैको गीतको संगीतसँग मिल्न सक्ने राजनराजको तर्क छ । 

“संगीत सात सुरभित्रै बसेर सिर्जना गर्ने कुरा हो, त्यसैले कहिलेकाहीँ संगीतको उठान र अन्त्य भने मिल्नसक्छ,” उनी भन्छन्, “सर्जकको अवचेतन मस्तिष्कमा म यो सुरमा यसरी यस्तो काम गर्छु भनेर सोचिरहेको कुरा अर्को सर्जकले पनि सोचिरहेको हुनसक्छ । कहिले कसैले नगरेको ‘खतरा’काम गर्छु भनेर संगीत गर्दा कसैले त्यस्तै संगीत गरिसकेको पनि हुनसक्छ । यस्तो संयोग कुनैबेला हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

संगीतका सुर र तालको संयोजनमा तालमेल मिलेपनि शब्दभने नमिल्ने राजनराज बताउँछन् । सिर्जनशील व्यक्तिले अरुको सिर्जना कहिले पनि कपी नगर्ने उनको तर्क छ । 
संगीतकार, गीतकार तथा गायक अर्जुन पोखरेल ६० प्रतिशतभन्दा माथि संगीत नमिल्ने बताउँछन् । “अनकन्सस माइन्डमा गीत बस्छ भनिन्छ, तर हुबहु मिल्छ भन्ने छैन,” पोखरेल भन्छन् । 

जन्मिँदै संगीत गर्न र गाउन कसैले जानेको हुँदैन भन्दै अर्जुन गीत सुन्न थालेपछि त्यसकै आधारमा आफूमा रहेको प्रतिभा उजागर हुने तर्क गर्छन् । “संसारभरी घाम उदाउँछ भनेजस्तै संसारभरी संगीतको कर्ड, ताल एउटै हुन्छ । संसारमा कुनै पनि त्यस्तो उस्ताद जन्मिएको छैन, जसले सात सुरभन्दा बाहिर गएर संगीत सिर्जना गर्न सकोस्,” अर्जुन भन्छन्, “बलिउड र हलिउडमा गरिने र नेपालमा हुने ताल एउटै हो । त्यसैले कम्पोज केहीहदसम्म मिल्नसक्छ ।” 

Global Ime bank

कसैबाट प्रभावित संगीतकार भए थोरै मिल्न सक्ने उनको भनाइ छ । ६० प्रतिशतभन्दा माथि मिलेको खण्डमा त्यसलाई चोरी भन्न सकिने पोखरेलको जिकिर छ । ६० प्रतिशतभन्दा माथि मिलेको खण्डमा जसको कम्पोजसँग मिलेको हो, उसैलाई कम्पोजको क्रेडिट दिनुपर्ने उनको तर्क छ । 

“हुबहु मिल्न आएको खण्डमा जसको संगीतसँग मिलेको छ, उसैको नाम दिनसक्नुपर्छ । एउटा सर्जकले अर्को सर्जकलाई मार्नु हुँदैन,”संगीतकर्मी अनुशासित हुन आवश्यक रहेको भन्दै पोखरेल भन्छन्, “अनजानमा केही लाइन मिल्नसक्छ । केही कलर आउन सक्छ तर एरेन्जमेन्ट पनि उस्तै, गायन पनि उस्तै भन्ने चाहिँ कपी नगरेसम्म हुँदैन ।” 

संगीतकार महेश खड्का आज गरेको संगीत हिजो आफैँले गरेको संगीतसँंग नमिलोस् भन्ने मान्यता रहेको बताउँछन् । कुनै समय आफूले धेरै सुनेका गीतको ट्युनिङसँग मिल्न भने सक्नेभन्दै खड्का भन्छन्, “अरुको गीतसँग कतै मिल्न पो गयो कि भनेर क्रियटर आफैँ सचेत हुनुपर्छ ।”

बिटसँग नोटहरु खेल्दै जाँदा एकदुई बार मिल्न सक्ने तर हुबहु लाइनै भने मिल्न नसक्ने संगीतकार खड्का बताउँछन् । “संगीत हुबहु अरुकै जस्तो गरेर शब्दमात्रै परिवर्तन गरिएका थुप्रै गीत बजारमा छन्,” उनी भन्छन्, “त्यस्ता सिर्जनालाई निरुत्साहित गर्नुपर्छ । अरुका सिर्जनालाई कपी गरेर आफ्नो भनेर स्रोता दर्शक झुक्याउनेलाई प्राथमिकता दिनु हुँदैन ।” 
नोट र तालको तादत्म्यका कारण एकदुई बार मिले पनि पूरै लाइन भने नमिल्ने संगीतकार खड्काको दाबी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC