site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सासु डायनाजस्तै विवादमा आइन् बेलायती राजपरिवारकी कान्छी बुहारी !
Sarbottam CementSarbottam Cement

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका कान्छी नातिनी बुहारी  मेघान मर्केल बारम्बार बेलायती पत्रिकामा चर्चामा आउने गरेकी छन् । कहिले उनका माइती पक्षसँगको झगडा त कहिले आफ्नै जेठानीसँग बोलचाल बन्द भएको वा त्यस्तै केही चर्चा बारम्बार हुने गरेको छ  । एक जना अमेरिकी कलाकार जर्ज क्लुनीले हालैको एक अन्तर्वार्तामा मेघानको हालत बेलायती पत्रिकाले पहिला उनकी सासु डायनाकै त बनाउँदैनन् भनेर चिन्ता समेत व्यक्त गरेका थिए । 

उनकी सासु डायनालाई पापाराजीले पछ्याएर हैरान पार्थे । यही दौडधूपकै क्रममा उनको कार दुर्घटनामा परी १९९७ को अगष्ट ३१ मा फ्रान्समा मृत्यु भएको थियो । हालै जर्जले बेलायतकी ‘डचेस अफ ससेक्स’ पनि भनिने मेघानलाई लण्डनका पत्रिकाहरुले रुखो व्यवहार गरेको आरोप लगाएका थिए । 

मेघान अहिले  ७ महिनाकी गर्भवती छन् । ती अमेरिकी कलाकार जर्जले मेघानलाई डायनाको जस्तै पछ्याउने काम भइरहेको जनाउँदै भनेका छन्,‘‘इतिहास दोहोरिन गइरहेको छ, त्यो कसरी अन्त्य हुन्छ ?’’ 

Prabhu Bank
Agni Group
NIC Asia

डायनाको उनका प्रेमी दोदी अल फायदसँगै कार दुर्घटनामा मृत्यु भएको थियो । उनलाई सधैं पापाराजीले पछ्याउने गरेका थिए । यो घटनाले गर्दा बेलायतलाई ठूलो चोट परेको थियो । त्यतिबेला डायनाको मामिलामा  प्रेसलाई भिलेन भन्ने आरोप पनि लगाइएको थियो । 

अमेरिकी नायिका रहेकी मेघान जब बेलायतको राजपरिवारमा नाता गाँस्न पुगिन् त्यसपछि बिस्तारै उनका बारेमा अप्ठेरा समाचार आउन थाले । ३७ वर्षिया उनी आफ्ना स्टाफप्रति रुखो रहेको कुरा बेलायती मिडियामा सार्वजनिक भए । अनि उनी र राजकुमार विलियमकी पत्नी क्याथेरिनसँगको द्वन्द्वका बारेमा पनि कुरा आउन थाल्यो । केहीअघि मेलले मेघानले उनका बाबुलाई लेखेको पत्र समेत छापेको थियो । पत्रमा झूठो नबोल्न र आफ्ना पतिसँगको सम्बन्धलाई शोषण नगर्न उनले आफ्ना बाबुलाई पत्र मार्फत आग्रह गरेकी थिइन् ।

Global Ime bank

एक जना छोरीले बाबुलाई लेखेको पत्र तपाईंहरुले छापेको भन्दै बेलायती पत्रकारलाई अमेरिकी कलाकार जर्जले हालैको अन्तर्वार्तामा भनेका छन्,

“यो गैरजिम्बेवार काम हो ।”

उनको भनाईलाई लिएर बेलायती पत्रिकाले भने जर्जलाई आफ्नो विचार आफैंसँग राख्न आग्रह गरेका छन् । ‘‘जर्जको दाबी काल्पनिक हो,” टाइम्सले भनेको छ । 

टेलिग्राफले त्यसबारेमा अर्को स्टोरी प्रकाशित गरेको छ । जसको शीर्षक थियो,‘‘किन मेघान नयाँ डायना होइनन् ?’’

\"\"

केहीअघि बेलायती पत्रिकाका सबैजसो हेडलाइनहरु मेघानले बाबुलाई लेखेको पत्रमा नै केन्द्रित थिए । फेरि पनि दुईदशक अघिको अवस्था बेलायती राजपरिवारमा त आउँदैन भन्ने चर्चा चल्न थालेको छ ।  यद्यपि मेघानले पापाराजीको समस्या भएको भनेर नभनेको उनी निकटका व्यक्तिले बताएका छन् । डायना र मेघानको समस्या फरक रहेको राजदरबारका वाचर तथा बायोग्राफर पेनी जुनोरले बताएका छन् । 

उनका अनुसार मेघान हिंडडुल गर्न र पार्क जान वा रेस्टुरेन्टमा जान खुला छन् । त्यो सुविधा डायनालाई थिएन । मेघान र उनका बाबुले प्रेसमार्फत पत्र पठाएर आफैंले समस्या सिर्जना गरेको जानकारहरु बताउँछन् ।  द मेलले मेघानका साथीहरुसँगको पनि कुरा समेटेर मेघान मर्केलको बाबुको बारेमा सत्य कुरा भनेर सामग्री प्रकाशित गरेको थियो । 

को हुन् मेघान ?

डचेस अफ ससेक्स पनि भनिने राचेल मेघान मर्केलको जन्म अगस्ट ४ १९८१ मा भएको हो । उनी उनी अमेरिकाकी पूर्वनायिका हुन्  । उनी राजकुमार ह्यारीसँग विवाह गरेपछि बेलायती शाही परिवारमा जोडिएकी हुन् । मर्केल लस एन्जेल्समा जन्मेकी र बढेकी थिइन्  । नर्थ वेस्टर्न युनिभर्सिटीमा पढ्दै गर्दा उनले अमेरिकन टेली सिरियलमा सन् २०११ देखि २०१७ सम्म खेलेकी थिइन् । 

उनले अमेरिकी कानुनी नाटक सुट्समा राचेल जानेको रुपमा काम गरेकी थिइन् । महिलावादीको रुपमा चिनिने उनले लैंगिक असमानताका बारेमा आफ्नो लाइभस्टाइल वेबसाइटमा सम्बोधन गरेकी छन् ।  उनी सन् २०१० को दशकमा इन्टरनेशनल च्यारिटी संस्थामा पनि सहभागी भएकी थिइन् । उनले त्यसमा फेशन र स्टाइलमा सम्मान समेत पाएकी थिइन् । 

\"\"

सन् २०११ बाट सन् २०१३ मा पहिलो पतिसँग डिभोर्स हुन्जेलसम्म मेघान नायक तथा प्रोडुसर ट्रेभोर इन्गल्सनसँग वैवाहिक सम्बन्धमा रहेकी थिइन् । उनले सन् २०१७ मा राजकुमार ह्यारीसँग आफ्नो इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन् ।  ह्यारी बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका कान्छा नाती हुन् । त्यसपछि उनी लण्डन गइन् । उनले कलाकारिताबाट अवकाश लिइन् । उनले आफ्नो सामाजिक सञ्जालको एकाउन्टपनि बन्द गरिन् । 

त्यसपछि बेलायती राजपरिवारको सदस्यको रुपमा उनी कार्यक्रमहरुमा सहभागी हुन थालेकी थिइन् । उनले मे २०१८ मा राजकुमार ह्यारीसँग विवाह गरेकी हुन् । त्यसपछि उनी डचेस अफ ससेक्सको रुपमा समेत चिनिन थालिन् ।  मेघानकी आमा डोरिया रगल्याण्ड पूर्वसमाजसेवी र योगा प्रशिक्षक हुन् । उनी क्यालिफोर्नियाको भ्यूपार्क विन्डसर हिल्समा काम गर्छिन् । मेघानको आफ्नी आमासँग निकटको सम्बन्ध रहेको थियो । 

उनका पिताको नाम थोमस मर्केल सिनियर हो । उनी रोजारिटो मेक्सिकोमा बस्दै आएका छन् ।  उनी अवकाशप्राप्त टेलिभिजन फोटोग्राफी डाइरेक्टर हुन् । उनको पेशाबाट छोरी मेघानपनि प्रभावित रहेकी थिइन् । उनी ६ वर्षको भएको बेलामा मेघानका आमाबाबुको डिभोर्स भएको थियो । 

उनीसँग बाबु तर्फबाट दिदी र दाजु समान्था मर्केल र थोमस मर्केल छन् । उनीहरुबाट मेघानले पटक–पटक पीडित बन्नुपरेको छ । सन् २०१५ मा निस्केको उपन्यासमा मेघानले आफ्नो बाबुलाई ककेसियन र आमालाई अफ्रिकन अमेरिकन भनेकी छन् ।  म आधा काली र आधा गोरी हुँ भनेकी थिइन् । मेघान हलिउडमा हुर्किइन् । निजी विद्यालयमा पढिन् । उनी दुई वर्षको हुँदा नै हलिउड लिटिल रेड स्कुल हाउसमा गइन् । त्यहाँ ११ वर्षको उमेरसम्म थिइन् । विद्यालयको पढाइ सकेपछि उनी नर्थ वेस्टर्न हाइस्कुलमा गइन् । 

उनले अर्जेन्टिनाको व्युनस एयर्समा रहेको अमेरिकी दूतावासमा इन्टर्नको रुपमासमेत काम गरेकी थिइन् । पछि स्पेनको मड्रिडमा पनि अध्ययन गरिन् । उनले स्नातक तहको पढाई नर्थ वेस्टर्न स्कुल कम्युनिकेसनबाट सन् २००३ मा गरेकी थिइन् । उनको विषय थिएटर र इन्टरनेसनल स्टडिज थियो । उनी शुरुको करियरमा फ्रिलेन्स कलिग्राफरको रुपमा काम गर्थिन् । उनले थुप्रै टेलिभिजन सिरियलहरुमा काम गरेकी थिइन् । जुलाई २०११ मा उनी युएसए नेटवर्कको सुट्समा सामेल भएकी थिइन् । 

उनको भूमिका राचेल जानको रहेको थियो । त्यो भूमिका सन् २०१७ सम्म जारी थियो । आइरिस टाइम्सका समालोचकका अनुसार उनको भूमिका निकै राम्रो थियो । विभिन्न पत्रपत्रिकाहरुले अनुमान गरेअनुसार उनको आम्दानी प्रति इपिसोड ५० हजार डलर थियो । 
सन् २०१४ मा उनले लाइफ स्टाइल वेबसाइट टिगपनि स्थापना गरेकी थिइन् । त्यसमा उनी खाना, फेशन, सुन्दरता, यात्रा र महिलाका लागि प्रेरणा हुने खालका प्रोफाइलका बारेमा लेख्ने गर्थिन् । 

\"\"

उनले त्यसमा योगा प्रशिक्षक तथा विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि प्रस्तुत गर्थिन् ।  त्यसका इन्स्टाग्राम फलोअर्स ३ मिलियन पुगेका थिए । ८ लाख फेसबुकमा थिए भने ट्विटरमा ३ लाख ५० हजार पुगेका थिए । अप्रिल २०१७ मा उनले टिग बन्द गरिन् । 
उनका सबै लेख मेटाइए र सामाजिक सञ्जालको एकाउन्टपनि जनवरी २०१८ मा बन्द गरियो । लाइफस्टाइल ब्लगरका रुपमा उनले वार्षिक करिब ८० हजार डलर काउने गरेकी थिइन् । 

निजी जीवन

मेघानको सम्बन्ध नायक तथा प्रोडुसर ट्रेभर इन्गेल्सनसँग सन् २००४ देखि नै थियो । उनीहरुको विवाह जमैकाको आचो रियोजमा सन् २०११ को सेप्टेम्बर १० मा भएको थियो । अगष्ट २०१३ मा उनीहरुबीच डिभोर्स भएको थियो । 

त्यसपछि उनको सम्बन्ध सेलीब्रेटी कोरी भिटिएल्लोसँग रहेकोमा मे २०१६ मा त्यो पनि टुंगिएको थियो । जुन २०१६ मा मेघानको सम्बन्ध राजकुमार ह्यारीसँग शुरु भयो । उनीसँग मेघानको भेट अचानक भएको थियो । ह्यारी त्यतिबेला बेलायती सिंहासनको पाँचौं दाबेदार मध्येका एक थिए । सन् २०१७ को सेप्टेम्बरमा उनीहरु क्यानडाको टोरन्टोमा संयुक्त रुपमा देखिएका थिए । 

मेघानसँग ह्यारीको विवाहको बारेमा सन् २०१७ को नोभेम्बर २७ मा घोषणा गरिएको थियो । उनले त्यसपछि कलाकारिताबाट सन्यास लिएको घोषणा गरिन् ।  त्यसपछि उनले बेलायती नागरिक बन्ने प्रक्रिया शुरु गरिन् । मेघान र ह्यारी  अहिले नटिंघम कटेजमा बस्ने गरेका छन् । उनीहरुको पहिलो बच्चा यही वर्ष अर्थात् सन् २०१९ मा जन्मदै छ । उनीहरुको बच्चा बेलायती सिंहासनको सातौं दाबेदार सन्तान हुनेछ । बच्चा जन्मिएपछि उनीहरु होम पार्कमा रहेको फ्रोगमोर कटेजमा सर्ने कार्यक्रम रहेको छ । उनीहरुको कार्यालय भने केन्सिङटन प्यालेसमै रहने जनाइएको छ । 

\"\"

सार्वजनिक जीवन

मेघान बेलायती राजपरिवारमा प्रवेश गर्नुअघि सार्वजनिक जीवनमा चर्चित र सक्रिय व्यवहार गर्दै आएकी हुन् । उनले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनलाई साथ दिएकी थिइन् । 

उनले त्यतिबेला डोनाल्ड ट्रम्पको आलोचना गरेकी थिइन् भने बेलायत युरोपेली संघबाट बाहिरिने निर्णयको पनि आलोचना गरेकी थिइन् । ह्यारीसँग विवाह गरेपछि उनी वल्र्ड एड्स डेका सन्दर्भमा २०१७ को डिसेम्बर १ का दिन सार्वजनिक भएकी थिइन् । 

उनीहरुले विवाहपछि पहिलो भ्रमण नर्थन आयरल्याण्डमा मार्च २३ मा गरेका थिए । उनीहरु अहिलेसम्म विभिन्न देशको भ्रमणमा गइसकेका छन् । खासगरी अष्ट्रेलिया, फिजी, टोंगा, न्यूजिल्याण्डलगायतका स्थानमा भ्रमण गरेकी छन् । 

उनको ती देशमा भव्य स्वागत गरिएको थियो । टाइम म्यागेजिनले मेघानलाई गएको सन् २०१८ मा १०० प्रभावशाली मानिसको सूचीमा समेत राखेको थियो ।  भोग म्यागेजिनले उनलाई बेलायतको सबैभन्दा प्रभावशाली महिलाको रुपमा कभर फोटो राखेको थियो । टिगको प्रधानसम्पादक भएको नाताले उनको फेशनमा पनि राम्रो ज्ञान रहेको मानिन्छ । 

त्यसैगरी वाक कलामा पनि उनको क्षमता राम्रो छ । उनका माइती पक्षका मानिसहरुसँगको उनको पटक पटकको विवाद सञ्चार माध्यममा आएपछि केहीअघि बेलायती महारानीले नै त्यो विवाद सल्ट्याउन आग्रह गरेको समेत समाचार सार्वजनिक भएको थियो । 
(बेलायतका विभिन्न सञ्चार माध्यमको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC