site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवालाई डा. शेखरको जवाफ–म राजनीतिक संस्कारमा हुर्केको मान्छे हुँ, अहिले यतिमात्रै भन्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र कोइराला परिवार भर्सेस सभापति शेरबहादुर देउवा पक्षबीचमा द्वन्द्व निकै चर्किने संकेत देखिएको छ ।  नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा सभापति देउवा कोइराला परिवारमाथि आक्रामक रुपमा खनिएका थिए । 

उनले  कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताउँदै कोइराला परिवारलालाई प्रत्यक्ष रूपमै महाधिवेशनबाट सभापति बन्न चुनौती दिएका थिए ।  यसबारेमा बाह्रखरीसँग बिहीबार बिहान कुराकानी गर्दैै सो पार्टीका नेता डा. शेखर कोइरालाले भने, “म राजनीतिक संस्कारमा विश्वास गर्छु । आदरणीय सभापतिजीले कुन सन्दर्भमा किन त्यसो भन्नु भयो मलाई थाहा छैन । उहाँले नै यसबारेमा जवाफ दिने कुरा हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

कोइरालाले दोहोर्याएर भने, “म राजनीतिक संस्कारमा हुर्केको मान्छे हो । अहिलेलाई यति मात्रै भन्छु ।”

केही दिनअघि कोइराला परिवारका तीनजना नेता महामन्त्री डा. सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला एउटा कार्यक्रममा जाँदा एउटै मालामा बसेर फोटो खिचाएका थिए । त्यसको केही दिनमै सभापति देउवा वीरगञ्जमै गएर कोइराला परिवारको आलोचना गरेका हुन् । सभापति देउवाले पार्टी कसैको बपौती नभएको भन्दै कोइराला थर हुँदैमा सभापति बन्न नपाइने बताएका थिए ।

Global Ime bank

उनले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी भएको जनाउँदै नाम र थरकै आधारमा राजनीतिक हैसियत नपाउने बताएका थिए । देउवाले शेखर लगायतका नेताहरुले जे पायो त्यही बोल्दै हिंडेको भन्दै अनुशासनहिन अभिव्यक्ति दिने तथा काम गर्ने नेता र कार्यकर्तालाई तह लगाउने चेतावनी समेत दिएका थिए ।

उनले छिट्टै अनुशासन समिति गठन गरी पार्टीमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने समेत सो अवसरमा बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC