site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जात्रै जात्रा’को लोकेसन हन्ट गर्दै निर्माण पक्ष चितवनमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को बाँकी छायांकन यही साताबाट सुरु हुने भएको छ । छायांकनका लागि लोकेसन हन्ट गर्न निर्माण पक्ष अहिले चितवन पुगेको छ ।
“छायांकनका लागि लोकेशन खोज्न अहिले हामी चितवन आइपुगेका छौं । पर्सी (शनिबार)बाट हामी बाँकी छायांकन गर्दैछौं,” कलाकार तथा निर्माता रविन्द्रसिंह वानियाँले भने । 

‘जात्रै जात्रा’का मुख्य कलाकारमध्येका एक विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेर घाइते भएपछि चलचित्रको छायांकन स्थगित भएको थियो । चलचित्रमा विपिनसँगै रविन्द्रसिंह वानिया र रविन्द्र झा मुख्य भूमिकामा छन् । वर्षा राउत र दयाहाङ राईको पनि ‘जात्रै जात्रा’मा अभिनय देख्न सकिनेछ । वर्षा ‘जात्रा’मा पनि थिइन् भने दयाहाङ सिक्वेलमा भित्रिएका हुन् । यो चलचित्रलाई प्रदीप भट्टराइले निर्देशन गर्दैछन् । ‘जात्रा’को सफलतापछि त्यसको सिक्वेलका रुपमा यो चलचित्र निर्माण सुरु भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC