site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली चलचित्र वार्षिक डेढ अर्ब घाटामा
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली चलचित्र उद्योगमा वार्षिक डेढ अर्बभन्दा धेरै रुपैयाँ घाटा हुने गरेको छ । चलचित्र वितरक तथा निर्माताहरुका अनुसार ‘फ्लप’ भएका अधिकांश चलचित्रले १० प्रतिशत पनि लगानी सुरक्षित गर्न नसक्दा वार्षिक डेढ  अर्बभन्दा धेरै रुपैयाँ नोक्सानी हुने गरेको छ ।

चलचित्र वितरक कम्पनी ‘स्टेशन–५’का सञ्चालक सदस्य रविन्द्रसिंह बानियाँ दर्शकले नरुचाएका अधिकांश चलचित्रलाई  ५–७ लाख रुपैयाँ उठाउन पनि सकस हुने गरेको बताउँछन् । 
“घाटामा जाने कतिपय चलचित्रले त पोस्टर टाँसेको पैसा पनि उठाउँदैनन्,” बानियाँले बाह्रखरीसँग भने, “डिजिटल राइट्स  र हल कलेक्सनबाट केहीले पोस्टर टाँसेको पैसासम्म चाहिँ उठाउँछन् ।” 

Agni Group

नेपाली चलचित्र निर्माणमा वार्षिक २ अर्ब रुपैयाँसम्म लगानी भइरहेको छ । वर्षमा १ सयदेखि १२० वटासम्म चलचित्र प्रदर्शन हुँदा उक्त परिमाणमा लगानी भइरहेको हो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार प्रति चलचित्र १ करोडदेखि २ करोड ५० लाखसम्म लगानी भइरहेको छ । उनका अनुसार औसतमा डेढ अर्बदेखि २ अर्ब चलचित्रमा लगानी भइरहेको छ । निर्माण भएर डब्बा हुने (प्रदर्शनमा नआउने) चलचित्रको संख्या पनि ठूलो छ ।  अध्यक्ष अधिकारीका अनुसार ५ प्रतिशत चलचित्रले मात्रै मुनाफा कमाउँछन् । १५ प्रतिशत चलचित्रले लगानी उठाइरहेका छन् भने बाँकी ८० प्रतिशत चलचित्रले लगानी डुबाइरहेका छन् ।

चलचित्र निर्देशक दीपेन्द्र खनाल पछिल्लो दुई वर्ष यता चलचित्र उद्योगमा बिजनेसको अवस्था कमजोर भएको बताउँछन् । “पछिल्लो डेढ दुई वर्षयताको चलचित्रको व्यापार हेर्दा चलेका चलचित्रले निकै राम्रो कलेक्सन गरेका छन्,” खनाल भन्छन्, “नचलेका चलचित्रमा दर्शक जाँदै जाँदैनन् । दुई–तीन करोडमा निर्माण भएका चलचित्रले दुई–तीन लाख पनि उठाइरहेका छैनन् ।” 

Global Ime bank

केही समय अगाडिसम्म रहेको चलचित्र वितरक कम्पनी पपकर्नका सञ्चालकसमेत रहेका खनाल भन्छन्, “सञ्चारमाध्यममा जे आयो, त्यसलाई विश्वास गर्ने हो भने फरक कुरा हो तर कलेक्सन रिपोर्ट टेबलमा राखेर हिसाब गर्ने हो भने औसतमा लगानी सुरक्षित नगरेका चलचित्रले मुस्किलले दुई–तीन लाख रुपैयाँभन्दा धेरै कमाउन सकेका छैनन् ।”

चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी पनि अधिकांश चलचित्रले पोस्टर टाँस्ने पैसा पनि उठाउन नसकेको बताउँदै भन्छन्, “अहिले अधिकांश चलचित्रले पोस्टरको पैसा पनि उठाएका छैनन् । अल नेपाल चलचित्र रिलिज हुँदा प्रोड्युसरको हातमा ५ लाख  रुपैयाँ हात पर्छ,” गिरीले बाह्रखरीसँग भने । 

संघको यो तथ्यांक र वितरकको भनाइअनुसार चलचित्र उद्योगमा वार्षिक १ अर्ब ८० करोडसम्म घाटा भइरहेको छ । ओस्कार इन्टरनेशनल कलेजका सञ्चालक विनोद पौडेल नेपाली चलचित्रले लगानी उठाउन नसक्नुको कारण मौलिक चलचित्र नबन्नुलाई मुख्य कारण ठान्छन् । अरुबाट प्रभावित भएर निर्माण गरिएका चलचित्र हेर्नुभन्दा दर्शकले ‘ओरिजिनल’ चलचित्र नै हेर्न रुचाउने उनको भनाइ छ । 

“चलचित्रमा आफ्नो माटो र अनुभवको स्वाद आउनुपर्छ । चलचित्रमा आफूलाई भेटिएन भने त्यो आफ्नो चलचित्र होइन,” निर्देशक तथा लेखकसमेत रहेका पौडेल भन्छन्, “हामी बलिउड र हलिउडका चलचित्र हेर्न बानी परिसकेका छौं तर हामीले हाम्रै कथा र शैली भनेर दर्शकलाई नेपाली चलचित्र हेर्न बानी पार्नुपर्छ । नेपाली चलचित्रमा दर्शकले आफैंलाई भेट्टाउन सक्यो भने हेर्न थाल्नेछन् र लगानी पनि सुरक्षित हुनेछ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC