site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंमा लोकगायिका डीक्रा बादीको एकल डेउडा गायन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एक समय चर्चित भएर हाल ओझेल परेकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको यही फागुन ११ गते शनिबार काठमाडौंमा एकल डेउडा गायन हुने भएको छ । पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा एक दर्जन ठाडी भाकाका गीत र दोहोरी गाइने छ । दोहोरी गीतमा उनलाई संगीतकार पति कित्थ्या बादीले साथ दिँदैछन् ।  

पचासको दशकदेखि ठाडी भाका र दोहोरी गीतका एल्बम निकाल्न थालेकी डीक्राको स्वरमा सयौं गीत रेकर्ड भएका छन् । उनका एक दर्जन एकल एल्बम निक्लिएका छन् भने अन्य दर्जनौं एल्बममा फुटकर गाएकी छिन् । तर पछिल्लो एक दशकदेखि उनका गीत रेकर्ड हुन सकेका छैनन् ।  

Agni Group

बाजुरामा जन्मे–हुर्केकी डीक्रा हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बङ्क गाउँमा बसोबास गर्छिन् । विगतमा उनले सुदूरपश्चिममा मात्र होइन, काठमाडौं, मुम्बई, बैंगलोरसम्म पुगेर गाएकी थिइन् । अहिले लामो अन्तरालपछि उनी लाइभ गायनमा फर्किएकी हुन् । 
“नयाँ पुस्ता माझ डीक्राको प्रतिभा पस्कन,” एकल डेउडा गायन कार्यक्रमका संयोजक अमृत भादगाउँले भन्छन्, “र, उनलाई लोकगायनमा फर्कन हौस्याउने उद्धेश्यले हामीले एकल गायनको वातावरण मिलाएका हौं ।”   

राष्ट्रिय नाचघरमा शनिबार दिउँसो १ बजे कार्यक्रम सुरु हुने कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिएका छन् । कार्यक्रममा सुदूरपश्चिमका कलाकार देबु वोराले डीक्राको एउटा गीतमा नृत्य पस्कने छन् । त्यसैगरी गायिका झुमा लिम्बुले पनि डीक्रासँग दोहोरी गाउनेछिन् ।  

Global Ime bank

कार्यक्रमका सहआयोजकहरूमा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान पोखरा छन् । त्यस्तै कार्यक्रम सफल बनाउन सुदूरपश्चिमका कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवश सक्रिय भएर लागि परेका छन् ।   

कार्यक्रममा निःशुल्क प्रबेश दिइनेछ । कार्यक्रमका सहयोगीहरुमा रैका टुर्स एण्ड टे«क्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही, हिमाल डेण्टल अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्ट, मनास्लु पदमार्गका अभियन्ता लाक्पा ढुण्डुप लामा, प्रगतिशील युवा सशक्तिकरण केन्द्रका अध्यक्ष लिलाराम खड्का, रसुवा टे«क्सका सञ्चालक गगनराज न्यौपाने, कैलाली विद्या निकेतन धनगढीका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह, दमौलीका गीतकार सागर उदास, चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट शंखमुलका सिइओ गणेश जोशी, सिद्धार्थ विद्यापिठ गठ्ठाघरकी प्रिन्सिपल दीपिका रिमाल थापा, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, करबाकेली इको टे«कका अभियन्ता चामबहादुर पुन, डोट्याली गीतकार हर्क साउँद, द आर्ट ग्लो साइन प्रालि सोह्रखुट्टेका प्रमुख कृष्णगोपाल श्रेष्ठ लगायत छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC