site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
११ महिनामा पोखरा भित्रिएलान् १३ लाख पर्यटक ?
Ghorahi CementGhorahi Cement

पोखरा । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउँदैछ । चालु आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रमले पनि पर्यटनलाई प्राथमिकतामा राख्दै सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । सन् २०१९ मा आन्तरिक पर्यटन वर्ष, २०२० मा छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रियस्तरको ‘प्रदेश पर्यटन वर्ष’ अभियान सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा छ ।

नीति तथा कार्यक्रम अनुरुप नै सरकारले सन् २०१९ भित्र १५ लाख पर्यटक भित्र्याउन औपचारिक कार्यक्रमको घोषणा नै गरेको छ । प्रदेश सरकारले २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएतापनि २०१९ मा नै १५ लाख पर्यटक ल्याईने प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल दाबी गर्छन् ।

उसो त मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि नै तनहुँको आबुखैरेनी, स्याङजाको गल्याङ चेकपोष्टबाट प्रदेशमा भित्रिने पर्यटकको तथ्यांक राख्न सुरु गरेको छ । पोखरा विमानस्थलबाट पनि प्रदेशमा आउने पर्यटकको तथ्यांक राखिएको छ । 

Agni Group

मन्त्रालयले माघ मसान्तसम्म दिएको तथ्यांक अनुसार प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनासम्ममा १ लाख ९२ हजार पर्यटक भित्रिएका छन् । २०१९ को जनवरीमा जम्मा १० हजार पर्यटक प्रदेशमा भित्रिएका छन् । अंग्रेजी वर्ष अनुसार अझै ११ महिनामा प्रदेशले लक्ष्य पूरा गर्न १४ लाख ९० हजार पर्यटक भित्र्याउनुपर्ने देखिन्छ ।

पर्यटन वर्ष मनाउने विषयमा छलफल गर्दा यही हप्ता आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घोषणा गरेर मात्रै पर्यटक नआउने हुँदा स्पष्ट कार्ययोजना बनाईनुपर्ने बताएका थिए । १० महिनामा ठुलो संख्यामा पर्यटक भित्र्याउन प्रदेश सरकारको योजना के छ भन्ने जिज्ञासामा पर्यटन मन्त्री विकास लम्सालले कार्ययोजना बनाइएको र प्रदेश सरकारले गर्ने २४ बुँदे कार्ययोजनाको सूची नै तयार भएको जानकारी दिए ।

Global Ime bank

प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ को लागि जनवरी देखि नै कार्ययोजना बनाईसकिएको उनले बताए । हरेक महिना सरकारले गर्ने कामको सूची बनाईएको र सो अनुसार नै अगाडि बढिने उनले बताए ।

मन्त्रालयले तयार पारेको कार्यसूची अनुसार आन्तरिक पर्यटन वर्ष बिहीबार घोेषणा गरिएको छ ।  सरकारले आगामी मार्चमा गण्डकीका ११ वटै जिल्ला र ६ वटा प्रदेशमा प्रचारप्रसार गर्ने, ढोरपाटनमा मन्त्रिपरिषद् बैठकको आयोजना गर्ने, प्रदेशका सबै जिल्ला र स्थानीय तहमा सांस्कृतिक एवम् पर्यटन महोत्सव आयोजना गर्ने, राम्दी, आबुखैरेनी र पोखरामा पर्यटक सूचना केन्द्र स्थापना गर्ने, स्वागतद्वार बनाउने, होमस्टेहरुको ब्राण्डिङ गर्ने उल्लेख गरिएको छ ।

नोभेम्बरसम्म प्रदेशका जिल्ला, स्थानीय तहमा सांस्कृतिक तथा पर्यटन महोत्सव गर्ने, मार्च र मेमा मुख्य ३ ठाउँ स्याङ्जाको राम्दी, मुग्लिन कट्नेबित्तिकै तनहुँको आँबुखैरेनी र पोखरा विमानस्थलमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने सरकारको योजना सरकारको छ ।

डिसेम्बरसम्मै स्थानीय होमस्टेको ब्रान्डिङ, चलचित्र छायांकनमा सहुलियत, ११ वटै प्रवर्द्धन कार्यक्रम, आन्तरिक पर्यटकको उत्कृष्ट फोटो पुरस्कृत, महत्वपूर्ण पर्यटन क्षेत्रको प्रोफाइल निर्माण गर्ने पर्यटनमन्त्री लम्सालले जानकारी दिए । ३ सय वटा होमस्टे सञ्चालन गर्ने र सामुदायिक वनमा पर्यापर्यटन विकास कार्यक्रम गर्ने योजना सरकारको छ ।

यस्तै, प्रदेश सरकारले चलचित्र सुटिङमा सहुलियत दिने कुरासमेत कार्ययोजनामा समेटिएको छ ।  स्मार्ट पोखरा, सांग्रिला पोखरा निर्माणका लागि आवश्यक तयारी गर्ने, पर्यटन सम्बन्धित विषयगत कार्यक्रमको आयोजना गर्ने, नेपाली नयाँ वर्षलाई भव्य रुपमा मनाउने पनि कार्ययोजनामा समावेश छन् ।

यसबाहेक सरकारले पर्यटन वर्ष सफल बनाउन र पर्यटकको संख्या बढाउन फ्रेन्च नागरिकलाई आकर्षण हुनेगरि हिमाल आरोहण दिवस मनाउने, जलवायु परिवर्तन सम्मेलन, सामाजिक सञ्जालमार्फत प्रवद्र्धन गरिने उल्लेख गरिएको छ ।

यसबाहेक नीजि क्ष्ोत्र, सहकारी तथा नीजि क्षेत्रको साझेदारी, समुदायस्तरबाट कार्यक्रम गर्ने, विभिन्न उपसमिति बनाएर पर्यटन वर्ष सफल पारिने मन्त्री लम्सालले बताए । आन्तरिक पर्यटन वर्षका लागि सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सन् २०१९ लाई प्रादेशिक अभियानको रुपमा घोषणा गरी यो वर्ष १५ लाख आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारले दाबी गरेको छ । नयाँ गन्तव्य पहिचान गरी ५० प्रतिशत पर्यटक नयाँ गन्तव्यमा पुर्‍याउने प्रदेश सरकारको योजना छ ।

नेपाल आउने पर्यटकको ३० देखि ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने तथ्यांकले देखाउँछ । अहिले वार्षिक रुपमा आन्तरिक र बाह्य गरी करिब १० लाख पर्यटक प्रदेश भित्रने पर्यटन मन्त्रालयको भनाइ छ । प्रदेशमा पर्यटकको बसाइ अवधि करिब ५ दिन अनुमान गरिएको छ । जहाँ विदेशी पर्यटकले प्रतिदिन ५४ डलर र आन्तरिक पर्यटकले प्रतिदिन ५ हजार रुपैयाँ खर्च गर्ने पर्यटनमन्त्री विकास लम्साल बताउँछन् ।

सरकारले कार्ययोजना बनाएको र यसको कार्यान्वयन सबै नीजि, सहकारी तथा स्थानीय तहले समन्वय गरेर गर्नुपर्ने उनले बताए ।

“होटेल व्यवसायीहरुले प्याकेजमा २० प्रतिशतसम्म, डुंगा व्यवसायीहरुले २० प्रतिशत छुट दिन्छौँ भनेका छन्, साहसिक खेलमा छुट दिएर पर्यटकलाई आकर्षित गरिनेछ,” उनले भने, “होटेलमा आउँदा फूलमालाले स्वागत गर्ने, टे«किङ गराईदिने, ट्याक्सी सबैलाई पर्यटकसँग असल व्यवहार गर्न तालिम पनि दिएका छौँ ।”

यसबाहेक सचिवालय खोल्ने देखि आन्तरिक पर्यटन वर्ष मनाउन पर्यटनमन्त्री लम्सालको संयोजकत्वमा मूल समिति र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समावेश गरी उपसमितिहरु गठन गर्ने तयारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC