site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङले सार्वजनिक गर्‍यो पहिलो ग्यालेक्सी फोल्ड र नयाँ एस–टेन फाइभ–जी
Sarbottam CementSarbottam Cement

बीबीसी । लामो समयदेखि चर्चामा रहेको फोल्डेबल फोन, सामसङले ‘द ग्यालेक्सी फोल्ड’ को नाममा सार्वजानिक गरेको छ र यसका साथै फाइभजी ग्यालेक्सी एस–टेन ह्यान्डसेट र तीनवटा अन्य ग्यालेक्सी एस–टेन मोबाइल पनि सार्वजनिक गरेको हो । उक्त फोल्डेबल अर्थात खुम्चाउन सकिने फोन अपेक्षा गरिए भन्दा अगाडि, दुई महिनामै बिक्रीका लागि बजारमा उपलब्ध गराइने बताइएको छ । 

यसरी एस–टेनमा कम मूल्यको मोडल पनि समावेश गरिएको छ । वास्तवमा सामसङले यसअघि एस–नाइन लन्च गर्दा नै त्यसको उच्च मूल्यका कारण व्यापारमा कमी आएकाबारे थाहा पाएको थियो । यसकारण पनि योपटक कम मूल्यका मोडल ल्याइएको बताइएको छ ।
सामसङका अनुसार ग्यालेक्सी फोल्ड खोल्दा त्यसको कूल डिस्प्ले ७.३ इन्च रहेको छ जुन एउटा ट्याब्लेट बराबर हुनेछ र यसमा एकैपटकमा तीनवटा एप चलाउन मिल्नेछ । यसको डेमोमा पनि धेरैवटा एप एकैचोटी चलाइएको देखाइएको थियो जहाँ ‘एप कन्टिन्युइटी’ फिचर मार्फत मोबाइललाई एउटा मोडबाट सजिलै अर्को मोडमा लैजान सकिन्छ । यसअघि चिनियाँ कम्पनीले निर्माण गरेको फोल्डिङ फोनमा भने यो फिचरले साचेअनुसार राम्ररी काम गर्न नसकेको पाइएको थियो । 

यस मोडलमा एउटा विशेष किसिमको ‘हिडन सिस्टम’ रहेको बताइएको छ जसले हजारौँ फोल्ड र अनफोल्ड थेग्न सक्छ भने दुवै फोल्डमा ब्याट्री हुनेछ जसकारण यसलाई लामो समय चलाइरहन सकिन्छ । यसैगरी कम्पनीले यसलाई जसरी समात्दा पनि फोटो खिच्न मिलोस् भनेर ६ वटा क्यामरा राखिएको जनाएको छ – तीनवटा पछाडि , दुईवटा भित्रपट्टी र एउटा अगाडि । ग्यालेक्सी फोल्डको फोरजी भर्जन आगामी अप्रिल २६ देखि विक्रीका लागि राखिने बताइएको छ जसको मूल्य १,९८० अमेरिकी डलर तय गरिएको छ । यो सामसुङले वाचा गरेको फाइभजी एडिसन भन्दा महङ्गो विक्री दर हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर सामसुङ आफैँले यसलाई ‘लक्जरी’ उत्पादनका रुपमा व्याख्या गरेको छ । क्रिएटीभ स्ट्राटिजी कन्सल्टेन्सीबाट क्यारोलिना मिलानेसीले भनेकी छन्, “सामसुङको नयाँ फोन ती उपभोक्ताका लागि हो जो मोबाइलको अनुभव चाहान्छन् तर धेरै ठूलो स्क्रिन पनि खोज्छन् । यसरी मानिसले आफूले चाहेजस्तो ठूलो स्क्रिन पनि पाउँछन् र फोनको अनुभवसँग पनि कुनै सम्झौता गर्नुपर्ने छैन ।”

यसरी यो फोनमा एकदमै धेरै प्रविधि जडान गरिएको हुनाले पनि मूल्य बढी पर्न गएको उनले बताइन् । उपभोक्ताको मनस्थितिमा नकारात्मक प्रभाव नपरोस् भनेरै मूल्यलाई २ हजार डलर भन्दा कम राखिएको छ । 

Global Ime bank

तर यसप्रति अन्य बजार अवलोकनकर्ताहरुले भने शंका व्यक्त गरिरहेका छन् । “एउटा ज्यादै ठूलो स्क्रिन भएको डिभाइस सानो डिजाइनमा फिट गरिएको हुनाले नै हेर्दाखेरी फोल्डेबल फोन अत्यन्तै आकर्षक देखिन्छन् । तर वास्तविकतामा प्रयोगकर्ताहरुले यसले कसरी काम गर्छ भन्ने बुझेका छैनन् र यसका एप्लिकेसन पनि सबैका लागि नौलो र अनौठो हुनेछ । यस्तोमा यो फोनको धेरै क्षमता छ तर यसबारे अनिश्चितता पनि कायमै रहनेछ,” स्ट्राटिजी एनालिटिक्स रिसर्च फर्मका नील मस्टनले बताए ।

यसरी एउटै फोनबाट मान्छेले भिडियो हेर्न, गेम खेल्न र एप चलाउने काम एकैचोटी गर्न मिल्नु आफैँमा रचनात्मक इन्जिनियरिङको उत्कृष्ट उदाहरण भएको विश्लेषकहरुको भनाइ छ । यसकारण पनि फाल्डेबल फोन धेरै उत्साहजनक विषय रहँदै आएको छ । तर यसको उच्च मूल्य भने ठूलो बाधा बन्न सक्नेमा चिन्ता व्यक्त गरिएको छ । साथै यसको भारी तौलबारे पनि अहिले कुनै मूल्याङकन गर्न नमिल्ने हुँदा केही निश्चित नभएको बताइएको छ । 

यता एस–टेन र एस–ट्न प्लस भने क्रमशः ७९९ पाउन्ड र ८९९ पाउन्डबाट सुरु हुने बताइएको छ र आगामी मार्चदेखि विक्रीका लागि राखिनेछ । एस–टेन फाइभजीको मूल्य चाहिँ अझै निर्धारित भइसकेको छैन । यसरी एस–टेनका सबै भर्जनमा डिस्प्लेमै फ्रन्ट क्यामरा हुनेछन् । त्यसैगरी स्क्रिनको तल रहेको नयाँ अल्ट्रासोनिक फिङ्गर प्रिन्ट सेन्सरले पनि उच्च स्तरको सुरक्षा प्रदान गर्ने र फिङ्गर स्क्यानिङलाई पहिले भन्दा सहज बनाइदिएको बताइएको छ । यसको प्रविधि भने २०१५ मा सार्वजानिक भएको क्वाल्कममा आधारित रहेको छ । त्यस्तै यसमा चार्जर पनि वायरलेस फिचरयुक्त रहेको छ । 

सबै मोडलको फ्रन्ट क्यामरा १० मेगापिक्सलको रहेको र १६ एमपी ‘अल्ट्रा वाइड’ भर्जनको रहेको बताइएको छ जसले हाम्रो आँखाको भन्दा ठूलो क्षेत्रको दृश्य प्रदान गर्न सक्छ । त्यसैगरी अर्को विशेषता भने १० प्रकारका सिनहरु आफैँ डिटेक्ट गरि कलर, सार्पनेस जस्ता टुल तस्बिर अनुसार अटोमेटिक एड्जस्ट गर्ने रहेको छ । जस्तै जनावर, जुत्ता वा लुगामा । त्यस्तै भिडियोको गुणस्तर र तिव्रतामा पनि सुधार ल्याइएको बताइएको छ । यसमा एस–टेन प्लस र एस–टेन फाइभ–जी ले एक टेराबाइटसम्मको इन्टरनल स्टोरेज प्रदान गर्नेछन् जसले प्रयोगकर्तालाई ४ हजार पिक्सेल सम्मका धेरै भिडियो स्टोर गर्न सहज बनाउँछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement