site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम
Ghorahi CementGhorahi Cement

डोटी, रासस । जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विद्यानन्द माझीले बताए । उनले भने, “समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी आएको छ ।” 

Agni Group

प्रहरीले यहाँका विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको स्थानीयवासी सर्वजीत देउवाले बताए । गत कात्तिक ११ गते ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी डोटी प्रहरीले उक्त अभियान जिल्लाभरि शुरु गरेको थियो । उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । 

त्यस्तै यहाँको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले राजमार्गमा दुर्घटना नियन्त्रण गर्न विशेषगरी लामो दूरीका सवारीचालकलाई प्रशिक्षण तथा स्वास्थ्य जाँचका कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए । उनले भने, “कार्यक्रम सञ्चालनपछि हामीले लामो दूरीका चालकका स्वास्थ्य परीक्षणदेखि अन्य ट्राफिक नियमसम्बन्धी जानकारी दिन थालेका छौँ, कार्यक्रम प्रभावकारी भएको पाएका छौँ ।” विशेषगरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको प्रजिअ यादवकुमार सुवेदीले बताए । 

Global Ime bank

प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय दुई र सातवटै स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । यतिमात्र नभई यहाँका किशोरीलाई यौन हिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन किशोरी आत्मरक्षा तालीम पनि प्रहरीले सञ्चालन गर्ने भएको छ । समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, छाउपडी प्रथाजस्ता सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालनसमेत गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC