पानी बिना जीवन संभव छैन । मानिसको शरीरमा ६५ प्रतिशत पानी हुन्छ । हात्तीको शरीरमा ७० प्रतिशत पानी हुन्छ । एउटा गोलभेंडामा ९५ प्रतिशत पानी हुन्छ ।
बिना भोजन मान्छे महिनौं बाँच्न सक्दछ तर पानी बिना मानिस बढीमा १ हफ्ता बाच्नं सक्दछ । समुद्री पानी १०० किलोग्राममा बढीमा आधा किलोग्रामसम्म नुन राखेर खाए मानिस मर्दैन । मानिसको शरीरमा ६५ प्रतिशत पानी हुनै पर्दछ । हाम्रा शरीरका विभिन्न इन्द्रीयहरुबाट पानी बाहिर निस्किरहेको पानीलाई हामीले जहिले पनि भरिरहनु पर्दछ । शरीरको हरेक भाग पानीबाटै संचालित छ ।
त्यसैले झाडा, पखाला लागेको समयमा हामीले जीवनजल खाने गर्दछौ । पानीको तापक्रम ० डिग्री सेल्सियसभन्दा तल झर्यो भने त्यो बरफ बन्दछ । पानीको तापक्रम १००ं डिग्री सेल्सियस हुँदा बाफ बन्दछ । यो बाफलाई चिस्यायो भने पानी नै बन्दछ ।
यसैले पानीको तीन रुप छन् । ठोस, तरल र बाष्प अवस्था । प्राकृतिक रुपमा स्वच्छ, खनिज पदार्थ सहितको किटाणु रहित पानी खानु उचित हुन्छ । त्यो जाँच्न सजिलो छैन । यसका लागि सफा पानी उमालेर खानु सूरक्षित हुन्छ ।
पानी अवश्य खानुपर्छ, तर सुरक्षित छ भन्ने पक्का गरेर मात्रै ।
गजल
आफ्नो लागि मात्र होइन
–मनु ब्राजाकि
सूर्य जति जति हास्ँला हिमाल उति रोला,
हिमालको आँसुबाट बन्छन् हाम्रा खोला
रुख–बोट मात्र होइन हाम्रा लागि पनि,
रुन्छ हिमाल हामीलाइ जीवन दिन होला ।
आफ्नो लागि बाँच्नु मात्रै बाँच्नु काहाँ हो र,
मिलीजुली बाँच्न बन्यो मनुष्यको चोला ।
फुल्न देउ फुलहरु बोटभरि यहाँ,
टिप्न हुन्न किनभने काँढा आई छोला ।
अज्ञानको ठूलो भारी बोकिहिँड्नु भन्दा,
ज्ञानगुनका कितापले भरियोस् है झोला ।
(साभार : सुनकेस्रा बाल पत्रिका)
(बाह्रखरीडटकम अनलाइन पत्रिका तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री)