site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शून्य समयमा सरकारको ध्यानाकर्षण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारवाही हुन नसकेको, संघअन्तर्गत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद डिला संग्रौला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिनाअघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिलेसम्म किन कारवाही भएन भनी प्रश्न गरिन् । 
सांसद दिव्यमणि राजभण्डारीले पूर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरी बेलायत सरकारसँग छलफल गर्न माग गरे ।
सांसद दुर्गा पौडेलले गुठी संस्थान अन्तर्गत भोगचलन गर्दै आएको जग्गालाई धितोको रुपमा लिन सक्ने गरि व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद देव प्रसाद गुरुङले तनहुँ, लम्जुङ र मनाङमाका निर्माणाधिन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गरे । 
धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरि बजेटको व्यवस्था गर्न माग गरिन् । नरबहादुर धामीले कञ्चनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गा धनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गरे । 
पदम गिरीले निर्धारित समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरे । पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम श्रृजना गरी निर्वाचन रोक्ने काम भइरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरिन् । 
प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पार्टपूर्जाको टेण्डरमा १ अबए ५३ करोड रुपैयाँको घोटाला भएको सार्वजनिक हुँदा पनि त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, “नागरिक उड्डयनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर सुत्नुभएको छ । कि उहाँको ध्यान त्यसमा पुगिरहेको छैन ?”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC