site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओलीद्वारा प्रदेश सांसद ओलीलाई श्रद्धाञ्जली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओढाएर प्रधानमन्त्री ओलीले शुक्रबार श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे सो अवसरमा बताएको उनको निजी सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट उनी विजयी भएका थिए । केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।  उनको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC