site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खानेपानीमन्त्रीको प्रष्टोक्ति– मेरो फर्मुलाभित्र काम नगरेपछि सचिव हटाएँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले गएको पुस २ गतेबाट ‘काम छोडेर भागेको’ इटालीको सीएमसी कम्पनी पुनः मेलम्ची खानेपानी आयोजनामा फर्किनसक्ने बताएकी छन् । 
शुक्रबार प्रतिनिधिसभामा भएको सांसदसँगको प्रश्नोत्तरमा मन्त्री मगरले यस्तो बताएकी हुन् । “मेलम्ची आयोजना प्लस सीएमसी इज इक्वल टु काठमाडौं उपत्यकामा खानेपानी ! यो मेरो फर्मुला हो,” मन्त्री मगरले भनिन्, “यो फर्मुलाभित्र रहेर सचिव गजेन्द्रकुमार ठाकुरले काम गरेको नपाएपछि वहाँलाई मन्त्रालयबाट हटाएँ । जसरी अरु मन्त्रालयबाट पनि कर्मचारी हटाइन्छन् ।”

सांसद प्रेम सुवालले यसअघि ४ आर्थिक वर्षका सरकारले मेलम्चीको खानेपानी आउने मिति बारम्बार तोकेको बताए । “यस्ता प्रतिवद्धता बारम्बार तोके पनि मेलम्चीको पानी हालसम्म काठमाडौं आउन सकेको छैन,” सांसद सुवालले असन्तुष्टि व्यक्त गरे ।

सांसद डिला सङ्ग्रौलाले मेलम्चीको पानी खान कहिले पाइने हो भन्दै मन्त्रीसमक्ष प्रश्न राखिन् । “यो प्रश्न निक्कै गम्भीर छ । मेलम्चीको पानीले काठमाडौंबासीको प्यास मेट्ने चाहना भनेको मेलम्चीको चिन्ता र चासोको अभिव्यक्ति हो भन्ने बुझेको छु,” मन्त्री मगरले भनिन्, “पछिल्लो चरणमा आयोजनामा देखिएको समस्या सीएमसीले छोडेपछि अन्योल देखिएको छ । यसैले मेलम्ची कहिले सकिन्छ भन्ने प्रश्न उब्जिएको छ ।”

Agni Group

सीएमसीले पुस २ गतेबाट काम छोडेदेखि नै मेलम्ची आयोजनालाई चाँडो पूरा गरिसक्न मन्त्रालयले हल खोजिरहेको पनि मन्त्री मगरले स्पष्ट पारिन् । मन्त्री मगरले सीएमसीलाई नै आयोजना निर्माणको काममा फर्काउँदा नयाँ ठेक्का प्रक्रियाको समय बचत हुने बताइन् । 

“छिटोभन्दा छिटो सीएमसीबाटै काम गराउने हाम्रो प्रयत्न थियो । तर अब रिटेन्डर गर्ने काम पनि गरिरहेका छौं । सीएमसी आउँदा नेपाली ठेकेदारको पैसा तिर्छ र रिटेन्डरभन्दा छोटो अवधिमै काम बन्छ । तर त्यसबीचमा पनि केही जटिलता छ । ठेक्काको मान्यतामा रहेर सीएमसी आउँछ भने सरकार वेलकम गर्न तयार छ,” मिडियामा सीएमसीका विपषयमा कमिसनका कारण मन्त्री र सचिवबीच विवाद रहेको भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको भन्दै मन्त्री मगरले भनिन्, “पूर्वसचिवले के भन्नुभो के भन्नुभएन भन्ने प्रश्न प्राथमिक होइन । मेलम्ची विवादबारे मैले मिडियामा केही बोलेको पनि छैन । त्यसैले मन्त्रीले यसो भनिन् भन्नु गलत हो ।  मेलम्ची उपत्यकाबासीको लागि महत्वपूर्ण आयोजना हो । यो आयोजना मेरो सफलतासँग जोडिएकाले यसलाई मैले पहिलो प्राथमिकतामा राखेको छु । पूर्व सचिवले मन्त्रीले देश डुबाउन खोजिराखेको बताउनु भयो, यसबारे सम्बन्धित व्यक्ति नै जवाफदेही हुनुपर्छ । यस्तो हिसाबकिताब मलाई आउँदैन ।”

Global Ime bank

केही मिडियामा खानेपानी मन्त्रीले १ अर्ब भ्रष्टाचार गरेको समाचार आएकोबारे मन्त्री मगरले उक्त समाचारमा सत्यता नभएको बताइन् । “म मन्त्री भएर आएपछि १ वर्षमा आयोजनामा ८४ करोड १५ लाख रुपैयाँको काम भएको छ,” मन्त्री मगरले भनिन्, “जब कामको भुक्तानी नै यति छ भने मैले कसरी १ अर्ब खाएँ ?”

सांसद सङ्ग्रौलाले आयोजनाबारे सचिव र मन्त्रीबीच नमिलेको कुरा के हो र समृद्धिको यात्रामा भ्रष्टाचारको कस्तो सम्बन्ध हुन्छ ? भन्दै प्रश्न गरिन् । “सीएमसीलाई आयोजना ठेक्का दिनुपर्छ, सचिवज्यूले सीएमसीसँग कमिसन माग्नुभो भन्ने आरोप मन्त्रीज्यूको छ,” सांसद सङ्ग्रौलाले प्रश्न गरिन्, “सीएमसीलाई बोलाएर मन्त्रीले देश डुबाउन लागेको आरोप सचिवज्यूको छ । वास्तविक कुरा के हो ?”

जवाफमा मन्त्री मगरले मेलम्ची आयोजनाको गतिले तुलनात्मक रुपममा निक्कै फड््को मारेको बताइन् । “पछिल्लो पटक सीएमसीको लापरबाहीले प्रगति आउन सकेन । सीएमसीलाई गर्नसक्ने सबै समन्वय गरेर काम लगायौं,” मन्त्री मगरले भनिन्, “सीएमसीले काम छोडेको भोलिपल्टदेखि नै हामीले सीएमसी बोलाउने वा नयाँ टेन्डर गर्नेबारे निरन्तर प्रयत्न गरिरहेका छौं । यसमा माननीयज्यूले आत्मसात् गरिदिनुपर्छ ।”

सांसद गगन थापाले मन्त्री मगरले सीएमसीलाई आयोजनामा बोलाउन चाहेको तर सचिव ठाकुरले नमानेको अवस्थामा सचिवको सरुवा आएको कुराबारे मन्त्री मगरलाई प्रश्न गरे ।
छलफलमा सांसद महेश बस्नेत र राजेन्द्रकुमार केसीले मेलम्ची आयोजना ठप्प हुने स्थिति र आगामी सम्भावनाबारे मन्त्री मगरलाई प्रश्न गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC