site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवा वैज्ञानिक सम्मेलन र अनुसन्धानका लागि प्रदेश सरकारसँग सम्झौता 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र जल तथा मौसम विज्ञान केन्द्रीय विभागले प्रदेश नं. ३ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग वैज्ञानिक खोज अनुसन्धान कार्यका लागि छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) ले राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्ने एवम् अनुसन्धानमुलक कार्यपत्रहरुको प्रकाशन गर्ने गरी ५० लाख रुपैयाँ आर्थिक सहयोगसहितको समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको हो । नेपालभित्र भएका विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल नवप्रतिभावान युवाहरुको पहिचान गरी उनीहरुलाई थप प्रोत्साहन तथा हौसला बढाउन अनुसन्धान तथा राष्ट्रिय सम्मेलनको आवश्यकता रहेको उल्लेख गर्दै प्रदेश नं. ३ सरकारको उद्योग, पर्यटन, बन तथा  वातावरण मन्त्रालयले सो सहयोग उपलब्ध गराउने भएको हो ।
यसैगरी, जल तथा मौसम विज्ञान केन्द्रीय विभागले सिर्जनशील एवं प्रतिभाशाली युवा वैज्ञानिकहरुलाई थप प्रोत्साहनको वातावरण सिर्जना गर्नको लागि वैज्ञानिकहरुले गरेका खोज, अध्ययन र अनुसन्धानलाई अन्तराष्ट्र्रिय स्तरमा समेत पहिचान हुने अवसर दिलाउनको लागि सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन सञ्चालन गर्ने मुख्य उद्देश्य राखी प्रदेश नं. ३ सरकारसँग रु. ३० लाख आर्थिक सहयोगसहितको समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा दक्षिण एशियाली क्षेत्रमा विज्ञान तथा प्रविधिमा भए गरेका उपलब्धीहरुको अनुभव साटासाट गर्दै आइपरेका समस्यााहरुलाई समाधन गर्न सार्क क्षेत्रमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने अभिप्रायले  सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलनको आगामी २०७६ जेष्ठ मसान्तभित्र आयोजना गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजना हुने सो वैज्ञानिक सम्मेलनमा कम्प्युटर र सूचना प्रविधि, कृषि र बन, उद्योग एवम् अन्वेषणात्मक प्रविधि, ऊर्जा र वातावरण, परम्परागत प्रविधिका साथै इन्जिनियरिङ र रोवर्टिक्स लगायतका विषयहरुमा गहन वैज्ञानिक छलफल गरिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ । 
समझदारीपत्रमा त्रिवि व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का तर्फबाट कार्यकारी निर्देशक प्रा.डा.रामेश्वर अधिकारी एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभागका तर्फबाट विभागिय प्रमुख सह–प्रा.डा. दिपक अर्यालले हस्ताक्षर गरेका छन् भने प्रदेश नं. ३ सरकारका तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख रघुराम पराजुलीले हस्ताक्षर गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC