site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रको ‘प्याटर्न’ परिवर्तनको तयारीमा राजेश हमाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक राजेश हमालले आफूले गर्दै आएकाभन्दा केही फरक खालको चलचित्रको तयारी गरिरहेको बताएका छन् । पछिल्लो समय आफूले अभिनय गरेको चलचित्र दर्शकले नरुचाएपछि फरक खालको मुभीमा काम गर्ने तयारी गरिरहेको उनले बताएका छन् । 

“पछिल्लो समय मैले अभिनय गरेका वागमती र सकुन्तला दुबै चलचित्र राम्रो भएन,” हमालले एक टेलिभिजन शोमा भने, “त्यसपछि मैले सोचेँ कि अहिले हामी जुन नयाँ तरिका नयाँ टेक्निक भनिरहेका छौं, त्यही ढङ्गबाट जाउँ भन्ने सोचिरहेको छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

अहिले पनि विभिन्न चलचित्रबाट अफरहरु आइरहेको भन्दै उनले अब विषयबस्तु, टिम र रोल राम्रो भएका चलचित्रमा मात्रै काम गर्ने सोचमा रहेको हमालले बताएका छन् । 

चलचित्र ‘सकुन्तला’लाई दिनेश श्रेष्ठले निर्देशन गरेका थिए । जसमा राजेश तेस्रोलिंगी महिलाको भूमिकामा थिए । ‘वागमती’ सन्नी केरेलाले निर्देशन गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC