site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पेरुको सुनखानीमा पहिरो, ७ जना बेपत्ता, अन्य केही हराएको आशंका 
Sarbottam CementSarbottam Cement

लीमा । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । 

पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ला रिपब्लीका अखबारले खानीमा कार्यरत सात जनालाई बगाएको जनाएको छ । अरु केही व्यक्ति हिलोमा पुरिएका र तिनीहरुको खोजी भइरहेको पनि अखबारले जनाएको छ । उक्त सुनखानी निकै दुर्गम इलाकामा रहेकाले खोजी र उद्धारमा कठिनाई भइरहेको बताइएको छ । 

पेरुमा दर्ता नगरिएका सुनखानी धेरै रहेको विश्वास गरिन्छ । यहाँ मजदूरहरुको अवस्था समेत अत्यन्त नाजुक रहने गरेको छ । 

Global Ime bank

यसै महिनाको शुरुमा पनि अवैध खानीमा कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो । गत साता पनि ठूलो वर्षापछि आएको पहिरोमा पुरिएर दुई जना मजदूरको ज्यान गएको थियो । 

पेरुका हरेक सरकारले गैरकानुनी यस्ता खानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि ठोस कार्य हुन सकेको छैन । 

यसै साता राष्ट्रपति मार्टिन भिजकार्राले अमेजोन क्षेत्रमा सञ्चालित अबैध खानीलाई नियमन गर्ने अभियान शुरु गरेका छन् ।  

पेरु विश्वकै छैटौं ठूलो सुन उत्पादक राष्ट्र हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC