site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘शिक्षामा रहेको असमानता हटाउन आवश्यक’
Sarbottam CementSarbottam Cement

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षामा रहेको असमानता हटाउन आवश्यक रहेकामा जोड दिएका छन् ।  

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको शुक्रबार उद्घाटन गर्दै उनले सामुदायिक र निजी विद्यालयको शिक्षाको स्तर फरक रहेकाले विभेद र असमानता हटाउनुपर्ने बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “सामुदायिक विद्यालयमा शिक्षाको स्तर राम्रो नभएको देखिएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक छ, तब मात्र शिक्षामा देखिएको असमानता अन्त्य हुनेछ ।” नेपालको संविधानमा सबै क्षेत्रमा विभेद र असमानता अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएकाले शिक्षाको विभेद हटाउनु आजको मुख्य चुनौती रहेको वरिष्ठ नेता पौडेलले बताए ।  

उनले सामुदायिक विद्यालयको स्तर सुधार्न सबै प्रयत्नशील हुनुपर्नेमा जोड दिँदै व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो रहेको बताए । १० वर्षसम्म विद्यालयमा अध्ययन गरेपछि बालबालिकाले केही न केही सिकेर विद्यालयबाट निस्कने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC