site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कथा एउटा लोकप्रिय क्रान्तिकारीको
Sarbottam CementSarbottam Cement

– श्रीकान्त चौधरी


घटना साँचो हो भन्ने कुरा कसरी पुष्टि भयो भने सबै समाचारपत्र, राष्ट्रिय प्रसारण सेवा र सरकारी छापाहरूमा त्यो छापिएको थियो । समाचार यस्तो थियो, “नयाँ महाराज गरिबी हटाउन दृढ संकल्पित होइबक्सिन्छ । भोकबाट राज्यका कुनै व्यक्तिलाई मर्न दिइनेछैन ।”

यो घोषणापछि सरकारका कत्र्तव्यपरायण अधिकृतहरूले राजकीय घोषणाविरुद्ध भोकले मर्ने व्यक्तिलाई कठोरतम दण्ड दिने मनमनै निर्णय गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

महाराज आफ्नो महलको ‘ड्राइङ रुम’मा बसेर खबरपत्रिका नजर गरिबक्सिँदै थियो (द्रष्टव्यः गरिबहरूप्रति अत्यधिक वशीभूत महाराजले आफ्नो करोडभन्दा बढीको महल पनि छाप्रोको नमुनामा बनाइबक्सेको थियो) । पत्रिका पढ्दापढ्दै एक्कासि झस्किबक्स्यो । एउटा ख्यातिप्राप्त राष्ट्रिय अखबारले भोकबाट पाँच जना मरेको खबर छापेको थियो । मौसुफ सरकार दुःखी हुनुभन्दा पहिले प्रमुख राज्यसचिवलाई डाक्न उचित ठानिबक्स्यो ।

“यो के भएको ? तिमी त सबै कुरा ठीकठाक र राम्ररी चलिरहेको छ भन्थ्यौ,” महाराजले जवाफ मागिबक्स्यो ।

Global Ime bank

“सरकार ! योे विपक्षको अखबार हो । हाम्रा अखबारले कहिल्यै पनि यस्ता दुःखद र जनमानसलाई क्षुब्ध बनाउने किसिमका खबर छाप्दैनन्,” प्रमुखसचिवले बडो अक्किल लगाएर कुरा प्रष्ट पार्ने प्रयास गर्‍यो ।

“हुँ ऽ..ऽ.. विपक्षको अखबार ? त्यसो हो भने यो अप्रजातान्त्रिक र झूठो खबर हो । हाम्रो सरकारलाई बदनामी गराउने योजना हो !!”

महाराजको खाजा खाने बेला भएको थियो । मौसुफले रसमलाई, काजु, किसमिस, अंगुर, भुटेको पेश्ता र बदाममात्र खाइबक्स्यो । सचिवको सरकारी आँखा रसाएर आए । आद्र्रस्वरमा भन्यो, “सरकार ! जहिलेदेखि राज्यका ५० प्रतिशत जनताको स्तर गरिबीको निर्धारित सीमाभन्दा पनि तल छ भन्ने सुनिबक्स्यो, त्यस दिनदेखि बिहान–बेलुका यही खाजा ज्युनार हुन्छ ! खानपिन नै त्यागिबक्सेको छ । यसरी कति दिन निर्बाह चल्छ र !”

महाराज आफ्नो राज्यसेवकबाट निकै प्रभावित होइबक्स्यो ।

“ठीक भन्यौ, जहाँ राज्यका आधा जनता भोक–प्यासबाट दिन बिताउँछन्, त्यस अवस्थामा म कसरी अन्नपानी ग्रहण गर्न सक्छु ?” महाराजले बडो भावुक बनेर भनिबक्स्यो ।

“हजुरको नैतिकता र जनप्रेम अद्वितीय छ,” सचिवले अड्की–अड्की बिन्ती गर्‍यो । भोजनले पेट टन्न भएपछि महाराजलाई एउटा भव्य वक्तव्य दिने इच्छा जाग्यो । पत्रकार सम्मेलन आयोजना गरियो ।

“गरिबीलाई जरैबाट निर्मूल गर्न सरकार दृढ संकल्पित छ । पुँजीपति, सामन्तवादीहरूलाई दृढतापूर्वक दमन गरिनेछ । बेरोजगारी, शोषण, असमानता तथा अन्यायलाई समाप्त गर्न युद्धस्तरमा कदम उठाइनेछ ।”

सोही वक्तव्य अरू सबै मन्त्री तथा राज्यका वरिष्ठ अधिकृतहरूले दिए । सरकारी विज्ञापनको रूपमा र सरकारले तटस्थ र जनहितैषी मानेर अन्य सरकारी सहायता उपलब्ध गराएका समाचारपत्रहरूले वक्तव्यलाई प्रमुखता दिई छापे । वक्तव्यको प्रशंसामा ती पत्रिकाहरूले लेख, टिप्पणी आदिहरू पनि दिए । यो युद्धस्तरको कारबाही थियो । जनतालाई सरकारको मनशाय असल र निकै उच्च छ भन्ने विश्वास भयो । केही व्यक्तिहरू ती समाजवादी नीतिहरूमा रोडा अड्काउने जनताका दुश्मन भए । किनभने, उनीहरूले ती वक्तव्यहरूको आलोचना गरेका थिए र त्यसमा अविश्वास व्यक्त गरेका थिए ।

केही दिनभित्रै ग्रामीण क्षेत्रमा भोकले अनेक व्यक्तिको मृत्युको विषयलाई लिएर राजधानीमा उग्र प्रदर्शन भयो । त्यसै सिलसिलामा करौडौंका सार्वजनिक सम्पत्ति नष्ट भए । त्यसपछि महाराज के कुरामा सन्तुष्ट होइबक्स्यो भने अब जाँच आयोग गठन गर्ने स्थिति अनुकूल छ । जाँच आयोग गठन भयो । आयोगको रिपोर्ट निकै चाँडै, त्यो भनेको पाँच वर्षपछि पेश भयो । सरकारको नजरमा जाँच आयोगले आफ्नो काम साह्रै इमान्दारीपूर्वक र सन्तोषजनक ढंगले गरेको थियो । किनभने, भोकले मर्नेहरूको सारा जिम्मेवारी मर्नेहरूमाथि नै राखिएको थियो ।

रिपोर्टमा यस्तो भनिएको थियो, “जुन क्षेत्रका मानिसहरू मरेका छन्, ती क्षेत्रहरूमा महिनौंदेखि खाने–पिउने वस्तु केही थिएन । त्यसैले तिनीहरूले जंगली फलफूल, कन्दमूल खान थाले । जंगली फलफूल विषालु थिए, तसर्थ तिनीहरूको मृत्यु विषालु फलफूल कन्दमूल खानाले भयो !”

जाँच आयोगको रिपोर्ट प्रकाशित गरेर सरकारले आफ्नो कर्तव्य पूरा गर्‍यो । अब प्रजातन्त्रको के धर्म थियो भने विपक्षी दलले त्यसको समर्थन गरेर सरकारसित सहयोग र समझदारीको परिचय देओस् ! आयोगको रिर्पोटको अन्त्यमा राज्यको दक्षिणी भागमा खडेरी र उत्तरी भागमा बाढी–पहिरोको गम्भीर स्थिति कुनै बेलामा पनि घटित हुन सक्छ भन्ने टिप्पणी पनि थियो ।

र, स्थिति जब गम्भीर देखियो अनि महाराजले मौसुफको गम्भीर दायित्व निभाउने बेला आयो भन्ने ठानिबक्स्यो । महाराजले अनेक अभिनन्दन–पत्र ग्रहण गरिसकेपछि असाधारण व्यक्तित्वका मालिक होइबक्सेको थियो । अहिले पनि सधैंझैं स्थितप्रज्ञ भएर खाने, पिउने, सुत्ने, उठ्ने गरिबक्सिन्थ्यो । तर, सार्वजनिक तवरमा निकै चिन्तित र दुःखी रहिबक्सिन्थ्यो । सामान्य जनताका निम्ति यो धेरै ठूलो सहायता थियो ।

महाराजलाई गुप्त रूपबाट के थाहा भयो भने गृहमन्त्री र वित्तमन्त्रीबीच ठाकठुक परेका कारण सहायता कार्य र अन्य सेवाहरू अनपेक्षित गडबडीका साथ चलिरहेछ । महाराज यस्ता कुराहरूमा निकै कठोर होइबक्सिन्थ्यो । मौसुफ सरकारबाट तुरुन्त परिवर्तन गरिबक्स्यो र वित्तमन्त्रीलाई गृह र गृहलाई वित्तमन्त्री बनाइबक्स्यो । अनेक व्यक्तिहरूले, जो राज्यका विशेषज्ञ रहिसकेका थिए, महाराजको यस कार्यलाई क्रान्तिकारी निर्णय भने तर समस्या भने समाधान भएन ।

अन्ततः महाराजले एउटा अभिनव क्रन्तिकारी कदम उठाइबक्स्यो । प्रत्येक नयाँ कदम उठाउनु मौसुफ सरकारको विचारमा क्रन्तिकारी कदम थियो । के निर्णय लिइयो भने, जो बाढीपीडित छन्, तिनलाई सुख्खाग्रस्त क्षेत्रमा पठाइयोस् र जो सुख्खाग्रस्त छन्, तिनलाई बाढीग्रस्त क्षेत्रमा पठाइयोस् । यो योजनालाई मूर्तरूप दिउन्जेल अनेक मानिसले अकालमा मृत्युवरण गरिसकेका थिए । तर, महाराजलाई के सन्तोष थियो भने सरकारले जनताको सहायताका लागि हरसम्भव प्रयत्न गरेको छ । यो ऐतिहासिक योजनाबाट फुर्सद भएपछि महाराज र मौसुफ सरकारका सहयोगीहरू केही ठूला गम्भीर एवं महत्वपूर्ण विषयहरूमा रचनात्मक कार्य गर्न लागे । जस्तैः भियतनाममा शान्ति, अन्तर्राष्ट्रिय सांस्कृतिक एकता, विश्वबन्धुत्व आदि, आदि ।

रुपान्तरकारः राप्रउ पोखरेल

(हिन्दी मासिक– कादम्बिनी, सन् १९७५)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC