site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्रीको ६८ औँ जन्मदिन– आलोचना सुन्ने बानी परोस
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६८ औँ जन्मोत्सव मनाइरहेका छन् । २००८ फागुन ११ गते इवा–२ तेह्रथुममा जन्मिएका ओली मुलुकको ३८ औँ प्रधानमन्त्रीमा बहाल छन् ।

सत्ता सम्हालेको वर्ष दिन भर्खरै पूरा गरेकाले पनि हुनुपर्छ प्रधानमन्त्री ओलीलाई रचनात्मक र आलोचनात्मक दुवै खाले शुभकामनाको वर्षा नै भएको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई रचनात्मक शुभकामना दिनेमा अगाडि देखिएका छन्– पार्टी स्थायी कमिटी सदस्य योेगेश भट्टराई । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्ता एवम् पार्टी सञ्चालनमा रचनात्मक आलोचक र सिर्जनात्मक समर्थक दुवै भूमिकामा देखिएका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–

“प्रिय कमरेड जन्मदिनको अनेकअनेक शुभकामना !
अंगालो र छातीमा अझ धेरै समेटियून्,
टाढा–टाढासम्म दृष्टि पुगोस 
नजिककालाई सोधियोस्, टाढाकालाई खोजियोस 
नयाँ पुस्ताले सधैं खोजिरहून्,
आत्मबल र इच्छाशक्तिको प्रशंसा गर्दछु 
थप उदारता र सामूहिकताको अपेक्षा गर्दछु !”

Global Ime bank

भट्टराइको यो पोष्ट सामाजिक सञ्जालमा लोकप्रिय देखिएको छ । शनिबार बिहान साढे १० बजेसम्म २८ सयले मन पराएका छन् । झन्डै सात सय प्रतिक्रिया र ५५ सेयर भएको छ । 

त्यस्तै प्रधानमन्त्री ओलीलाई क्याबिनेट मन्त्रीहरूले पनि शुभकामना दिएका छन् । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा जसलाई प्रधानमन्त्री ओलीको छायाँछविका रूपमा समेत चित्रण गरिन्छ । उनले पनि माइक्रो ब्लगिङ साइटमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल पनि शुभकामना सन्देश दिन छुटेका छैनन् ।

आलोचना सुन्ने बानी परोस्

सत्ता–समर्थक, प्रतिपक्षलेमात्रै होइन प्रधानमन्त्रीलाई सर्वसाधारणले पनि उत्तिकै शुभकामना दिएका छन् । तर, अधिकांशको शुभकामना एकैनासे छ– प्रधानमन्त्रीमा आलोचना सुन्ने धीरता होस् । आलोचकप्रति असहिष्णु नदेखियून् ।

बाबाजी ह्याण्डलबाट ट्विटर प्रयोगकर्ता लेख्छन्– “जन्मदिनको अनेक–अनेक शुभकामना प्रधानमन्त्रीज्यू ! स्वस्थ रहनूस्, नेपालीलाई सम्मृद्धिका लागि उत्साहित गरिरहनूस् अनि स्वस्थ आलोचना र प्रश्नहरू पचाउन सक्ने क्षमता बढोस् ! जय होस् !”

अर्का ट्विटर प्रयोगकर्ता एकतारे लेख्छन्– “धेर चोथाले हुनुहुन्न । 
राम्रो कामको पनि जस पाइँदैन । हेप्पी बर्थडे !”

मनीष झाको शुभकामना पनि त्यस्तै छ । माइक्रोब्लगिङ साइटमा लेख्छन्– प्रम जन्मदिनको शुभकामना ! राजनीतिक स्थिरता र जनतालाई बेच्नुभएको सपनाकोलागि तपाईंको जीवन आवश्यक छ। म यो देशको नागरिक हुँ र तपाईं प्रम, अरिङ्गालको मात्र हैन । तपाईंको सुबुद्धि, सुस्वास्थ्य र सत्कर्मको प्राथना गर्छु किनकि तपाईको हरेक दैनिकीको मेरो हरेक दिनसँग सम्बन्ध छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC