site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घाइतेलाई भेटे प्रचण्ड, गृहमन्त्री र प्रहरी प्रमुखले, उपचार खर्च सरकारले बेहोर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटका घाइतेलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालले भेटेका छन् । घाइते प्रतिक्षा खड्का र उषा मानन्धरलाई मेडिसिटी अस्पताल पुगेर पूर्वप्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालले शनिबार भेटेका हुन् । 

गृहमन्त्री थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन् । विष्फोटमा भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङको मृत्यु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बम विष्फोट भएको एनसेलको कार्यालयका सुरक्षा गार्ड छन् । 

“सीसीटीभी फुटेजमा एक व्यक्तिले पोको बोकेर आएको र उक्त पोको त्यहीँ छोडेर हिँडेको देखिएको छ,” प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, “सेक्युरिटी गार्डले उक्त पोको उठाएर बाहिर निकालेको देखिएको छ । तर उसले प्रहरीलाई खबर गरेको छैन । किन प्रहरीलाई खबर गरेन भन्ने विषयमा उसलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं ।”

Global Ime bank

सुवेदीका अनुसार टाइम बम विष्फोट भएको थियो । शुक्रबार साँझ ८ बजे भैंसेपाटीस्थित एनसेलको कार्यालयमा विष्फोट भएको थियो । 

प्रहरीले भूमिगत विप्लव समूहतर्फ अनुसन्धान सुरु गरिएको जनाएको छ । 

\"\"


\"\"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC