साहित्य
काठमाडौं । गायक बावु बोगटी नयाँ गीत लिएर आएका छन् । आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘टिकुली...’मा नारद रिजालको शब्द छ ।
स्वर र संगीत भने बावु आफैंले भरेका छन् । भिडियो गम्भीर बिष्टले तयार गरेका छन् । भिडियोमा बावु बोगटी र स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।
‘सान्नानी’, ‘जमुना’, ‘तुलसी’, ‘साली’, ‘कान्छी मोरी’, ‘गोरी’ बावुका लोकप्रिय गीत हुन् ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५ १३:१८
प्रतिक्रिया दिनुहोस्