धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) ३ अन्तर्गत सिवाइसी अत्तरियाबिरुद्धको फाइनलमा महेन्द्रनगर युनाइटेडले १० ओभरको समाप्तीमा ५७ रन बनाएको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ५७ रन बनाएको छ ।
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरका ओपनर मोहम्मद नाभिद १० तथा आरीफ शेखले ११ रन बनाए । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरीको बलमा कमलसिह ऐरीबाट क्याच हुनुअघि नाभिदले ५ बलको सामना गर्दै १ छक्का र १ चौका प्रहार गरे । आरीफ पनि दिपेन्द्रको बलमा सन्नी पटेलमार्फत क्याच भए । बिदेशी खेलाडी आनन्द २ तथा महेन्द्रनगरका कप्तान शरद भेषावकर खाता नै नखोली रन आउट भए । दिलिप नाथ २५ तथा कुशल मल्ल ५ रनमा क्रिजमा छन् ।
काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । आफ्ना बलर भारतिय खेलाडी अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्योको विरोध स्वरुप काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको हो ।