site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अत्तरियालाई जितका लागि १२४ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

धनगढी । तेस्रो संस्करणको धनगढी प्रीमिएर लिग क्रिकेटको उपाधि भिडन्तमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १२४ रनको लक्ष्य दिएको छ । 

टस जितेर ब्याटिङ गरेको महेन्द्रनगर निर्धारित २० ओभरमा १२३ रनमा अलआउट भयो । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन बनाए । ४१ बलको सामना गरेका दिलिप ५ चौका र १ छक्का प्रहार गर्दै बोल्ड भए । 

Prabhu Bank
Agni Group
NIC Asia

कुसल मल्लले १ चौका र २ छक्काको मदतमा २५ रन जोडे । धर्माराएको महेन्द्रनगरको इनिङ कुसल र दिलिपले सम्हालेका थिए । युवा खेलाडी रोहित पौडेल २४ रनमा अबिजित रहे । 

ओपनर मोहम्मद नाभिद १० तथा आरिफ शेखले ११ रन बनाए । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरीको बलमा कमलसिह ऐरीबाट क्याच हुनुअघि नाभिदले ५ बलको सामना गर्दै १ छक्का र १ चौका प्रहार गरे । आरीफ पनि दिपेन्द्रको बलमा सन्नी पटेलमार्फत क्याच भए । विदेशी खेलाडी आनन्द २ तथा महेन्द्रनगरका कप्तान शरद भेषावकर र अभिनास बोहरा खाता नै नखोली आउट भए । 

Global Ime bank

सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले २ विकेट लिए । सन्नी पटेलको नाममा एक विकेट रह्यो । काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । आफ्ना बलर भारतिय खेलाडी अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्योको विरोध स्वरुप काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC