site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सय हेक्टरमा सुन्तला बगैँचा
Sarbottam CementSarbottam Cement

दुल्लु । दैलेखको दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १०० हेक्टर जमीनमा सुन्तलाको बगैँचा बनाउने भएको छ । उक्त परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक वर्षमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका १०० हेक्टर जमीनमा सो बगैँचा बनाउन लागेको हो । 

उक्त बगैँचाको व्यवस्थापन, मलखाद, सुन्तलाको बोट काँटछाँट, सिँचाइ, प्रशोधनलगायत तालीम सञ्चालनका साथै पोष्ट हार्भेट सेन्टर र कस्टमर हेयरिङ सेन्टर स्थापना, भकारो सुधार, साना सिँचाइ, बीमा व्यवस्थापनलगायत योजना तर्जुमा गरिएको एकाइ प्रमुख राजु भुजले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“कृषकको लापर्बाही र आवश्यक प्राविधिक ज्ञानको अभावका कारण सुन्तला खेतीमा केही समस्या देखापरेका थिए”, उनले भने, “दुल्लु नगर र भैरवी गाउँपालिकामा सुन्तलाखेती व्यवस्थित गर्नका लागि हामीले अहिले बगैँचामै गएर तालीम दिएका छौँ ।” गत वर्ष कृषकलाई दिइएका औजारसमेत हराएको बताउँदै प्रमुख भुजले सुन्तलाको बोटमा आवश्यक मल र सिँचाइ अभावले बोट मर्ने गरेको बताए ।  

आगामी वर्षदेखि प्रत्येक कृषकको घरघरमा सिँचाइका लागि पोखरी निर्माण गर्ने र यो वर्ष बोटमा देखापरेको समस्या न्यूनीकरण गर्न हालसम्म ३०० भन्दाबढी कृषकलाई विषादी औषधि वितरण गरिएको जानकारी दिँदै उहाँले परियोजनालाई सफल बनाउन ५० प्रतिशत लगानी कृषक र बाँकी ५० प्रतिशत परियोजनाको रहेको एकाइ प्रमुख भुजले जानकारी दिए । 

Global Ime bank

चालू आवमा यहाँका कृषकले ६५० हेक्टर जमीनमा सुन्तलाखेती गरेकामा करीब रु पाँच करोड बराबरको सुन्तला उत्पादन भएको थियो । यसअघि दुल्लु नगरका १३ वटै वडा र भैरवी गाउँपालिकाका ३ देखि ७ वडासम्म सञ्चालित कार्यक्रम चालू आवदेखि भैरवी गाउँपालिकाका दुई वडासमेतलाई समेटिएकोे छ । परियोजनाले सुन्तलाखेती गर्ने किसानलाई कम्पोष्टमल मात्रै प्रयोग गर्न आग्रह गरेको छ । गत असोजमा यहाँ उक्त एकाइको कार्यालय स्थापना गरिएको थियो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC