site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधि अत्तरियालाई, महेन्द्रनगर ३ विकेटले पराजित
Sarbottam CementSarbottam Cement

धनगढी । घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो पटक डीपीएलको उपाधी जितेको हो ।

१२४ रनको लक्ष्य अत्तरियाले १ बल बाँकी छँदै ७ विकेटको क्षतिमा भेट्टायो । अत्तरियाको जितमा सन्नी पटेलले बिस्फोटक ब्याटिङ गरे । २६ बलको सामना गरेका सन्नीले ३ चौका र ३ छक्काको मदतमा अविजित ४७ रन बनाए । जयकिसन कोल्सावालाले ३० रन बनाउँदा कप्तान दिपेन्द्रसिह ऐरीले १७ रनको योगदान दिए । जयकिसनले २७ बलमा ५ चौका प्रहार गरे । कप्तान दिपेन्द्रले १७ रन जोडे । भुवन कार्कीले ८ तथा ज्ञानेन्द्र कुँवर ७ रनमा पेभेलियन फर्किएका थिए । सन्दीप जोराले २ रन बनाउँदा रित गौतमले रन जोड्न सकेन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महेन्द्रनगरका मोहम्मद नाभिद र सागर ढकालले समान २–२ विकेट लिँदा अभिनास बोहरा र साहब आलमको नाममा १–१ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको महेन्द्रनगर निर्धारित २० ओभरमा १ सय २३ रनमा अलआउट भएको थियो । महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन बनाएका थिए । ४१ बलको सामना गरेका दिलिपले ५ चौका र १ छक्का प्रहार गरे । कुसल मल्लले १ चौका र २ छक्काको मदतमा २५ रन जोडे । युवा खेलाडी रोहित पौडेल २४ रनमा बनाए ।

Global Ime bank

ओपनर मोहम्मद नाभिद १० तथा आरीफ शेखले ११ रन जोडे । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरीको बलमा कमलसिह ऐरीबाट क्याच हुनुअघि नाभिदले ५ बलको सामना गर्दै १ छक्का र १ चौका प्रहार गरे । आरीफ पनि दिपेन्द्रको बलमा सन्नी पटेलमार्फत क्याच भए । बिदेशी खेलाडी आनन्द २ तथा महेन्द्रनगरका कप्तान शरद भेषावकर र अभिनास बोहरा खाता नै नखोली आउट भए । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले २ विकेट लिए । सन्नी पटेलको नाममा एक विकेट रह्यो ।

काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको हो । आफ्ना बलर भारतिय खेलाडी अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्योको विरोध स्वरुप काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको हो । बिजेता सिवाइसी अत्तरियाले ३० लाख पुरस्कार पाएको छ । उपविजेता महेन्द्रनगरले युनाइटेडले १२ लाख पुरस्कार पाउनेछ ।
    

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC