site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भेनेजुएलाका सिमानाका बन्द
Sarbottam CementSarbottam Cement

भेनेजुएला । भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताएका छन् । 

देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द गरिएको उनले जानकारी दिएको समाचारमा जनाइएको छ । “भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि यस्तो गरिएको हो,” काबेल्लोले सीमा क्षेत्रको भ्रमणका क्रममा भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी उच्च अधिकारीहरुसँग आफूले देशका धेरै ठाउँहरु भ्रमण गरेको बताउदै उनले भने, “ती ठाउँहरुमा शान्ति छ ।” 

“हाम्रो चासो शान्ति, अहस्तक्षेप, स्वतन्त्र राज्यको सम्मान हो, त्यो अहिले जनताले महसूश गर्न थालेका छन्,” उनले भने । 

Global Ime bank

भेनेजुएलामा राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुँवा गुआइदोले गत जनवरी २३ मा आफैले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ । 

आन्तरिक विबादलाई लिएर विश्व समुदाय पक्ष विपक्षमा उभिएका छन् । आन्तरिक तथा बैदेशिक सम्वन्धमा समस्या उत्पन्न भएपछि खाद्यान्न, औषधीलगायतको अभाव भएको समाचारहरु आएका छन् । 

भेनेजुएलाका नागरिकलाई खाद्यान्न र औषधीको अभाव भएपछि विभिन्न देशहरुले सहायता सामग्रीहरु पठाउन खोजेकाले त्यसलाई रोक्नका लागि पनि सिमानाकाहरु बन्द गरिएको आरोप पनि लगाउने गरिएको छ । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC