site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संगीतमा नारी पहिचानको पलेँटी
Ghorahi CementGhorahi Cement

काठमाडौं । मेलवादेवीदेखि सुरुभएको नेपाली संगीतमा नारी स्वरको स्तुती गर्दै पलेँटीको पुनर्उदय भएको छ । आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा समर्पित यो कार्यक्रम बीचमा केहि समय स्थगित थियो । अब भने यसलाई विषयगत रुपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन् ।

त्यसै सिलसिलामा पहिलो प्रस्तुती नेपाली संगीतका नारी नक्षत्रहरुलाई सम्झँदै शुक्रबार थालनी भएको छ । पछिल्लो समयकी गायिका मिनाको स्वर र प्रस्तोता आभासको संस्मरणमा यो कार्यक्रम चलेको थियो ।

कार्यक्रमको सुरुवात मेलवादेवीकै ‘न घरलाइ घर कहिन्छ’ बाट सुरु भएको थियो । सहिद शुक्रराज शास्त्रीले रचना गरेको यो गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरुसँगको आफ्ना सम्झना सुनाउदै कार्यक्रमलाई अघि बढाएका थिए । 
उनले थालनी गरे कोइलीदेवीबाट । रेडियो नेपालमा भेटिएकी कोइलीदेवी पनि मेलवादेवीजस्तै राणाकालको दरबारमै हुर्किएकी अर्की गायिका थिइन् ।

Agni Group

“कोइलीदेवीलाई भेट्नु एउटा कालखण्डकै प्रतिनिधि देख्नु थियो,” आभाषले भने, “मेलवादेवीजत्तिको शास्त्रीय वा आधुनिक दुवै नभए पनि उनको खिरिलो आवाजले निकै प्रभाव विस्तार गरेको थियो ।” त्यसपछि कोइलीदेवीले गाएको ‘सम्झिरहन्छु निसदिन केवल हजुरलाई’ सुनाइएको थियो ।

जब तारादेवीको प्रसंग सुरुभयो तब गाइयो राष्ट्रकवि माधव घिमिरेको रचना अनि नातिकाजीको संगीतमा ‘फूलको थुँगा बहेर गयो’ ।

Global Ime bank

त्यसपछि प्रस्तुती दार्जिलिङतर्फ मोडिएर जसै अरुणा लामा (सबैले भन्थे लयालु फूल भइ), शान्ति ठटाल (सम्हालेर राख), डेजी बराइली (एउटा खुला किताब हुँ म) र दावा ग्याल्मो (सहर भित्र केको हल्ला) तर्फ प्रवेश ग¥यो उसैगरि नेपाली संगीतमा अम्बर गुरुङ र गोपाल योञ्जनका योगदानहरुको चर्चा पनि सुरु भएको थियो ।

प्रसंग फेरि काठमाडौं भित्रिएपछि गौरी केसीको ‘रानी तलाउ किनारा’, तारा थापाको ‘तारि न देऊ हे माझी दाइ’ र मिरा राणाको ‘मखमली चोलो’हुँदै अघिबढेको थियो ।

हिरादेवी वाइवाको ‘फरिया ल्याइदेका त्यै पनि राता धनन’ प्रस्तुत गर्ने बेलामा भने पलेँटीका निम्ति उनलाई निम्त्याउने प्रयास चलिरहेकै बेला पश्चिम बंगालस्थित घरमै आगलागीमा परेर उनको निधन भएको चर्चासँगै माहोल भावुक बन्न पुगेको थियो ।
कार्यक्रमले त्यसपछि पछिल्लो कालखण्डमा प्रवेश गर्दै मञ्जुलको रचनामा गाउने सुनिता सुब्बाको ‘चिरविर गर्ने चरी’ सुनाएको थियो ।

कार्यक्रममा उल्लेख गरिएका मध्ये गायिकाहरु सुनिता सुब्बा, कुन्ती मोक्तान र संगीता प्रधानको उपस्थिती पनि रहेको थियो । नेपाली गीत गाउने भारतीय गायिकाहरु लता मंगेशकर (आकाशमा तिरमिरे तारा) र उषा मंगेशकर (वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर) को सम्झना पनि कार्यक्रममा गरिएको थियो ।

प्रस्तोता मिनाले माइती मणिपुरकै भाषामा आफैले गाएको त्यस भेगकै प्रसिद्ध गीत ‘नोखिधरा’ सुनाएपछि अन्त्य भने फेरि मेलवादेवीकै कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC