site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को  अफिसियल सार्वजनिक गरिएको हो ।  नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा यस ग्रुपको पछिल्लो उत्पादनलाई सार्वजनिक गरिएको हो । 

बजारमा रहेका उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा माल्टोजीङग बाजर आजको मितिबाट क्रमश उपलब्ध हुने कम्पनीले जनाएको छ ।  माल्टोजीङग बजारमा विद्यामान  विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ मूल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सीइओ होम न्याउपानेले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्को पनाको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो । साथै यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हद सम्म अन्त्य हुने उनको भनाइ छ । 

नेपालमा विद्यमान कुपोषण लगायतको समस्यालाई केहि हदसम्म यसको प्रयोगले समाधान गर्ने कम्पनीको अपेक्षा रहेको कम्पनीका कार्यकारी निर्देशक पारश शाक्यले बताए । चौधरी ग्रुप अन्तर्गतको बि. एल. सी. होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्ट मिल्स प्रा. लि.’को उत्पादन र प्रवर्द्धनमा यस उत्पादनलाई अगाडि ल्याएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC