धनगढी । सीवाईसी अत्तरियाका कप्तान दिपेन्द्रसिँह ऐरीले तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा मोष्ट भ्यालुएबल प्लेअरको अवार्ड पाएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्रले मष्ट भ्यालुएबल प्लेअरको अवार्ड हात पारेका हुन् । ७ खेलमा १ सय ६८ रन बनाएका दिपेन्द्रले सुनको जुत्ता पुरस्कार पाए ।
अत्तरियाका विदेशी खेलाडी सन्नी पटेल म्यान अफ द सिरिज भए । उनले २ लाख पुरस्कार पाए । अत्तरियालाई उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेका सन्नी उत्कृष्ट ब्याटसम्यान समेत भए । उनले प्रतियोगितामा २ सय २ रन बनाएका थिए । उत्कृष्ट ब्याटसम्यान सनीले एक लाख पुरस्कार पनि पाए । उत्कृष्ट बलर घोेषित अत्तरियाका भुवन कार्कीले १ लाख पुरस्कार पाए । उनले ७ खेलमा १४ विकेट लिएका थिए ।