site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अध्यक्ष ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता नेपाल असन्तुष्ट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत् ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गरे । 
उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहँदा पार्टीको सांगठनिक एकीकरणको काममा ढिलाइ भइरहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए । 
वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको बताए । उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दाबी गरे । पार्टीलाई विधिसम्मत् ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC