site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
आङछिरिङ हुनेखाने परिवारमै हुर्किनुभएको हो 
Sarbottam CementSarbottam Cement

मैले उहाँलाई सानै उमेरदेखि चिनेको हुँ । सानैदेखि उहाँ जेजति काम गर्ने हो त्यसमा फोकस्ड रहेर, सफलता हात पर्ने सोच राख्नुहुन्थ्यो । उहाँको आत्मसंकल्पले उहाँलाई कुनै काम अधुरै राख्ने मान्छे बनाए । पर्यटन (ट्रेकिङ)बाट उहाँको व्यवसायीक जीवन सुरु भएको हो । ट्रेकिङमा हात पारेको सफलताका कारण अन्य क्षेत्रमा हात हाल्न सहयोग मिल्यो ।

सोलुखुम्बुको पागुँममा हुनेखाने परिवारमा हुर्किनुभएका छिरिङ दाइ काठमाडौंमा आएर ट्रेकिङ व्यवसायमा लाग्नु भएको हो । चर्चामा आएझैं अतिविपन्न परिवारमा हुर्केका मान्छे उहाँ होइन । विद्यालय टाढा भएका कारण उहाँले शिक्षादीक्षा लिन पाउनु भएन ।
उहाँको दिदी भिनाजु सायद नेपालको पहिलो ट्रेकिङ कम्पनी चलाउने मध्ये पर्नुहुन्छ । कम्पनीको नाम ‘शेर्पा सोसाइटी’ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

उहाँहरुका कारण छिरिङ दाइ पर्यटन क्षेत्रमा लाग्नुभएको हो । कुनै एजेन्डा लिएपछि त्यसमा ध्यानकेन्द्रित गर्ने उहाँको प्रकृति थियो । उहाँको एजेन्डा आफ्नो फाइदा कहिल्यै थिएन । त्यसैले, उहाँलाई सफल राष्ट्रिय पर्यटन उद्योगीको रुपमा लिन सकिन्छ । पर्यटनको एउटा मात्र नभएर समग्र क्षेत्रमा काम गरेको व्यक्ति हुनुहुन्थ्यो, आङछिरिङ ।

Global Ime bank

उहाँको देहान्तले व्यवसाय क्षेत्रको हस्ती गुमाएको मैले महसुस गरेको छु । व्यवसाय गर्ने धेरै किसिमका हुन्छन्, तर सबै आफ्नै परिधिमा बाँधिएका हुन्छन् । तर, अरु व्यवसायलाई पनि सहयोग गर्ने तथा नीतिगत सुधारमा इन्पुट दिने व्यक्ति हुनुहुन्थ्यो, छिरिङ । राजनीतमा पनि राम्रो पहँच भएका कारण उहाँको साथ राम्रो थियो ।

हाम्रो सम्बन्ध दाजुभाइको जस्तो थियो । मलाई भाइ भन्नुहुन्थ्यो । म छिरिङ दाइसँग एउटा व्यवसायमा संलग्न छैन । तर, उहाँको निधनले एउटा अद्भुद व्यक्ति गुमाएको हो । हाम्रो हरेक भेटमा पर्यटनको विकासमा चिन्तन मनन गर्न खोज्ने व्यक्ति हुनुहुन्थ्यो । पर्यटनको विषयमा बढी कुरा हुने गर्थ्यो ।

\"\"

गल्फमा पनि उहाँको योगदान ठूलो छ । उहाँको व्यक्तित्वले आफूलाई ठूलो मान्छे सोच्दैन थियो । कर्मचारीदेखि मन्त्रीसम्म हम्बल गुण प्रस्तुत गर्ने हुनुहुन्थ्यो, एकदमै फ्र्यांक पनि । मलाई थाह भएसम्म उहाँ खेलप्रेमी हो । स्वीमिङ, स्नुकरसँग सानैदेखि प्रेम थियो । पछिल्लो समय उहाँ गल्फको राम्रो खेलाडी हो ।

छिरिङ दाइजस्तो व्यक्तित्व गुमाउनु पर्यटन क्षेत्रले अतुलनीय क्षति बेहोरेको छ । राजनीतिमा उहाँको विशेष सम्बन्ध थियो । उहाँ हाम्रो अभिभावक झैं हुनुहुन्थ्यो । मान्छेहरु उहाँबाट धेरै कुरा सिक्न चाहन्थे । ट्राभल ट्रेडमा मात्र नभएर सबैक्षेत्रमा उहाँका फलोअर थिए । उहाँप्रतिको सम्मान र सद्भावका कारण उहाँका शवयात्रामा हजारौं मान्छे आएका हुन् । उहाँको शवयात्रामा कसैलाई ह्वीप जारी गरिएको थिएन । यी मान्छे उहाँले कमाएका एसेट हुन् ।

उहाँको सबैभन्दा महानता भनेको उहाँले नेपालमा कमाएर कहिल्यै विदेशमा थुपार्नुभएन । सोही कारण उहाँ राष्ट्रपैमी व्यापारी हो ।

अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमा नोरु शेर्पासँग गरिएको कुराकानीमा आधारित  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC