site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?
Ghorahi CementGhorahi Cement

पोखरा । सडक विभागले पुलमा रंगरोगन गर्न नलागेको भए, आजसम्म ठूलै भवितव्य हुने निश्चित थियो । मानवीय क्षति नै हुन सक्थ्यो, दिनमा वा रातमा जुनकुनै पनि बेला पुल भत्किने खतरा थियो ।

त्यही जोखिम पत्ता लाग्नाले अहिले पोखराको मुख्य प्रवेशद्वारको रुपमा रहेको विजयपुर र चाउथे जोड्ने पुलमा १० टनभन्दा बढि भारवहन क्षमताका गाडीहरु गुडेका छैनन् ।

सडक विभागले पुलमा रंगरोगन गर्न जाँदा कामदारहरुले पुल दुर्घटनाको स्थितीमा पुगिसकेको थाहा पाएपछि सडक डिभिजन कार्यालय पोखरालाई खबर गरेका थिए । फागुन २१ गते सूचना पाएपछि कार्यालयले पुलमा २६ गतेदेखि १० टनभन्दा बढि भारवहन गरेका हेभी गाडीहरु निषेध नै गर्यो । अहिले खोलाबाट नै हेभी गाडीहरु पोखरा भित्रिने र बाहिरिने गरेका छन् ।

Agni Group

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल भन्छन्, “ठूलो दुर्घटना टर्यो, अझ १/२ दिनसम्म थाहा नपाएको भए अहिलेसम्म भयानक दुर्घटना हुने नै थियो ।” 
त्त्कालका लागि १० टन माथिका गाडी निषेध गरेता पनि पुल खाली नै गरेर मर्मत गर्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् । “हामीले पुल्चोक ईन्जिनियर क्याम्पसलाई अध्ययन गर्ने जिम्मा दिएका छौँ, अध्ययन प्रतिवेदन के आउँछ सो अनुसारको काम अगाडि बढाइनेछ ।” 

उनकाअनुसार पुल ११ ठाउँमा क्र्याक भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर र चाउथे जोड्ने पुलको ‘बटम कर्ड’मा क्षति पुगेको हो । त्यो सँगै क्रस मेम्बर पनि चर्किएका छन् । वेल्डिङ गरिएका विभिन्न आठ स्थानमा चिरा फरेको छ । पुल सम्भारका लागि सडक विभागले खोलाबाट आइरन स्टिल टेको दिएर क्र्याक भएको बटम कर्डलाई सर्पोट दिने काम गरिरहेको छ ।

Global Ime bank

अहिले डिभिजन कार्यालयले पुलको मर्मत थालेको छ । तर, यो मर्मत भने अस्थायी हो । “अध्ययन प्रतिवेदनले मर्मतले मात्र पुग्ने देखाए ठिकै छ, अन्यथा पुलमा पूर्णरुपमा सवारी साधन निषेध गरेर नै मर्मत गर्नुपर्ने हुन्छ,” उनले भने ।

१० टन भन्दा कम भारवहन क्षमताका सवारीहरु अहिले पनि पुलबाटै गुड्ने गरेका छन् । पछि पुलमा सवारी नै निषेध गर्नुपर्ने अवस्थामा खोलाबाटै सवारी तार्नुपर्ने विकल्प नभएको उनले बताए ।

“हामीले तत्काल एक लेनको मात्र डाईभर्सन बनाएर सवारीलाई निकास दिएका छौँ, तर सबै सवारी साधन निषेध गर्नु परेको खण्डमा खोलामा नै दुईतर्फी डाईभर्सन गर्नुपर्छ,” उनले भने, “तर, त्यहाँ एउटा सुकुम्बासी घर छ, त्यसलाई नहटाई बाटोको निकास निकाल्न मिल्दैन, स्थानीय प्रशासन र जिल्ला प्रशासनले यसमा सहयोग गर्नुपर्छ ।”

पुलको विजयपुरतर्फको भाग पोखरा महानगरपालिका वडा नं. २६ मा २०५१ सालमा २५ वर्षको लागिदिइएको एउटा सुकुम्बासी घर छ । त्यसको सम्झौता सकिन अब ६ महिना बाँकी छ ।

तर, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नारायप्रसाद बरालले सुकुम्बासी भए पनि घर दर्तावाला नै रहेको बताए । “पूर्जावाला घर नै हो, हटाउन परेको अवस्थामा क्षतिपूर्ति दिनुपर्छ ।  हामीले कोसिस गर्दैछौँ,” उनले भने ।

करोडौँको पुलको आयु जम्मा ११ वर्ष ?

२०५९ सालमा टेण्डर भएको पुल म्याद थप गरेपछि २०६४ माबल्ल निर्माण कार्य सकिएको थियो ।

पुल जोखिममा परेपछि गण्डकी प्रदेश सभा बैठकमा पनि लगातार २ दिन कुरा उठ्यो । विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले ध्यान दिनुपर्ने देखि ठेकेदारलाई कारवाही गर्नु पर्नेसम्मका कुराहरु उठाए । एक जना प्रदेशसभा सदस्यले त तत्कालीन डिभिजन प्रमुखसँग पनि सम्पर्क गर्न खोजेको स्रोतले जनायो ।

तर, २०५९ सालमा भएको सम्झौता पत्र डिभिजन कार्यालय आफैले पनि अहिलेसम्म भेटाएको छैन् । म्याद थप कतिपटक भयो भन्ने कागजात पनि छैन् । पुलको डिजाइन मात्र भेटिएको र अन्य कागजात खोजी क्रममै रहेको डिभिजन प्रमुख पोखरेलले बताए ।

बिटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गरेको थियो । पुलको भारवहन क्षमता भने यकिन नभएको पोखरेलले बताए । “७० टनसम्म क्षमता भएको पुलमा डेढसय टन सम्मका गाडी गुड्दा त्यसको आयु त घट्छ नै,”  उनले भने ।

यो पुलहुँदै दैनिक ६ हजार सवारी साधन गुड्ने अभिखेल कार्यालयको छ । हाईड्रो देखि लिएर विकास निर्माणका लागि आवश्यक सबै निर्माण सामाग्रीहरु बोक्ने हेभी गाडीहरु पनि दैनिक सयौँको संख्यामा गुड्ने गरेका थिए ।

एकपटक पनि मर्मत भएको थिएन

पुल निर्माणयता एकपटक पनि मर्मत गरिएको थिएन । स्वयम् सडक डिभिजन कार्यालयले मर्मतमा हालसम्म कति खर्च भयो भन्ने तथ्यांक पनि यकिन नरहेको जनाएको छ । डिभिजन प्रमुख पोखरेलले मर्मत नै नभएको जनाए ।

यस्तै, खोलाबाट गाडी डाईभर्ट हुन थालेपछि विजयपुर खोलामा मिसिने ३ वटा हाईड्रोलाई बाईपासबाट पानी फाल्न डिभिजन कार्यालयले निर्देशन दिएको छ । खोलामा पानीको बहाव कम गर्न र सवारी आवागमनमा बाधा नहोस भन्नको लागि सेतीसहित ३ हाईड्रोको पानी बाईपासबाट निकास दिन निर्देशन दिइएको पोखरेलले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC