site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र नचलेपछि खाली छन् सिंगल थिएटर, २० लाख कमाउने हल १० लाख घाटामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्रले राम्रो व्यापार गर्न नसकेपछि त्यसको असर निर्मातासँगै हलमा पनि परेको छ । सिंगल थिएटर अझ बढी यसको मारमा परेका छन् । नेपाली चलचित्रको व्यापार निरन्तर ओरालो लागेपछि सिंगल थिएटर सञ्चालक मारमा परेका हुन् । चलचित्र हेर्न दर्शक हलसम्म नआउँदा हलहरु घाटा व्यहोर्न बाध्य छन्।
 
“नेपाली चलचित्र निरन्तर नचल्दा अवस्था भयावह बन्दै गएको छ । चलचित्र हेर्न दर्शक आउँदैनन् । हरेक शो खाली छन्,” सिंगल थिएटर पुष्पाञ्जली र सिद्धार्थ हलका सञ्चालक गोपाकाजी कायस्थ बाह्रखरीसँग भन्छन्, “यो त चल्छ कि भन्यो, त्यो त चल्छ कि भन्यो कुनै चल्दैन । रिलिज भएकै दिन चलचित्र उत्रिन्छन् ।”

दसैं यता कुनै पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्न नसकेको कायस्थ बताउँछन् । ‘छक्का पञ्जा’ यता कुनै पनि चलचित्रले सन्तोषजनक व्यापार गर्न नसकेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“छक्का पञ्जा मात्रै चल्छ । त्यो पनि लामो समयका लागि होइन । एउटा मात्रै चलचित्र चलेर हुँदैन,” कायस्थ भन्छन्, “पहिला पहिला भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, करिष्मा मानन्नधर, निखिल उप्रती, रेखा थापाका चलचित्र महिनौंसम्म चल्थे । आज चलेकै दिन चलचित्र उत्रिरहेका छन् ।”
 
हिरोइजम भएका चलचित्र सिंगल थिएटरका दर्शकले रुचाइरहेको तर त्यस्ता चलचित्र पछिल्लो समय निर्माण हुन नसकेको उनी बताउँछन् । “दर्शकले सिनेमाजस्तै सिनेमा हेर्न खोज्छन् तर अहिले सिरियलजस्ता चलचित्र बनिरहेका छन् । यस्ता चलचित्र दर्शकले मन पराएनन्,” कायस्थ भन्छन् ।
 
पुष्पाञ्जली हलले पहिला वार्षिक २० लाखसम्म कमाइ गर्ने गरेको स्मरण गर्दै उनी अहिले वार्षिक १० लाखसम्म घाटा व्यहोर्नुपर्ने अवस्था रहेको बताउँछन् । “फिल्म चलेन भनेर हल बन्द गर्नु पनि भएन । चल्छ कि भन्ने आस हुन्छ । वर्षमा २० लाखसम्म कमाइ गर्ने हलमा अहिले कर्मचारीलाई तलब दिने पैसा पनि उठ्दैन,” उनी भन्छन्, “टोटल, धमालजस्ता केही चलचित्र केही दिन चलेर धन्न हल बन्द भएका छैनन् । मेरो मात्रै होइन देशभर रहेका ५ दर्जनभन्दा धेरै सिंगल थिएटरको समस्या हो यो ।”
 
क्युएफएक्समा भने हिन्दी र अंग्रेजी चलचित्रले अवस्था केही सहज बनाइदिएका छन् । क्युएफएक्स सञ्चालक नकिम उद्धिन दसैंपछि नेपाली चलचित्रको व्यापार सन्तोषजनक नरहेको बताउँछन् । “दसैं यता नेपाली चलचित्रको खासै राम्रो अवस्था छैन,” नकिम बाह्रखरीसँग भन्छन्, “हिन्दी र इङलिस् चलचित्र चलेकाले खासै अप्ठ्यारो अवस्था छैन । नेपाली चलचित्र भने दसैंमा पनि राम्रोसँग चल्न सकेनन् ।”
 
सिंगल थिएटर न्यून आयस्रोत भएका दर्शकलाई लक्षित हल मानिन्छन् । दैनिक मजदुरी गरेर जिविको पार्जन गर्ने दर्शक सिंगल थिएटरमा गएको पाइन्छ । सिंगल थिएटरमा मल्टिप्लेक्सको तुलनामा तीन गुणा सस्तो टिकट पाइन्छ । 

मल्टिप्लेक्समा विस्तार हुँदै गएपछि दर्शक पनि विस्तारै सिंगल थिएटरबाट मल्टिप्लेक्सतर्फ आकर्षित हुन थालेका छन् । सिंगल थिएटरको टिकट तुलनात्मक रुपमा सस्तो भएकाले चलचित्र निर्माताले पनि पछिल्लो समय मल्टिप्लेक्सलाई लक्षित गरेर चलचित्र निर्माण गर्न थालेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC