site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुसी छैनन् नेपाली ! १५६ राष्ट्रमध्ये नेपाल सयौं स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विश्वका १५६ देशहरुको खुसी इन्डेक्समा एक सय नम्बरमा नम्बरमा परेको छ । यसको मतलब नेपाली जनता आम रुपमा हेर्दा त्यति धेरै खुसी देखिएका छैनन् । 

१३६ पेज लामो बुधबार प्रकाशित रिपोर्टमा सो तथ्य सार्वजनिक भएको हो । विश्वको सबैभन्दा धेरै खुसी हुने राष्ट्रको सूचीमा फिनल्याण्ड परेको छ भने सबैभन्दा कम खुसी हुने मुलुकको सूचीमा १५६ नम्बर दक्षिणी सुडान परेको छ ।  वर्ल्ड ह्याप्पिनेस रिपोर्ट संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले तयार पारेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यो प्रतिवेदनमा आर्थिक अवस्था, कूल आयु, सामाजिक समर्थन, छनौट गर्न सक्ने स्वतन्त्रता र देशका सरकारहरुको भ्रष्टाचारको तहलाई मूल्यांकन गरेर इन्डेक्स तयार पारिएको जनाइको छ । 

दक्षिण एशियामा भने नेपाल तेस्रो नम्बरको खुसी भएको मुलुकमा परेको छ । दक्षिण एशियामा पहिलोमा पाकिस्तान (विश्वव्यापी रुपमा ६७) नम्बरमा छ भने दोस्रोमा भुटान (विश्वव्यापी रुपमा ९५) नम्बरमा परेको छ भने तेस्रोमा नेपाल तथा चौथोमा बंगलादेश (विश्वव्यापी रुपमा १२५) नम्बर, पाँचौंमा श्रीलंका (विश्वव्यापी रुपमा १३०), छैठौंमा भारत (विश्वव्यापी रुपमा १४०) नम्बरमा र सातौंमा अफगानिस्तान (विश्वव्यापी रुपमा १५४) नम्बरमा परेका छन् ।

Global Ime bank

विश्वका टपटेन खुसी राष्ट्रमा फिनल्याण्डपछि क्रमैसँग डेनमार्क, नर्वे, आइसल्याण्ड, नेदरल्याण्ड्स, स्वीजरल्याण्ड, स्वीडेन, न्युजील्याण्ड, क्यानडा र अष्ट्रिया रहेका छन् । 

यस्तो छ प्रतिवेदन 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC