अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासोरेन्स सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतासँगै ग्लोबल आईएमई बैंकका १ सय ३४ वटै शाखामार्फत् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिनेछ ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका सहायक-महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरे ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५ १९:०९
प्रतिक्रिया दिनुहोस्