site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभापतिको कार्यशैलीले कांग्रेस कमजोर : नेता सिंह
Sarbottam CementSarbottam Cement

 काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीले गर्दा पार्टी कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस पाँचथरले मंगलबार सदरमुकाम फिदिममा गरेको विमर्षमा बोल्दै नेता सिंहले पार्टी नेतृत्वको कार्यशैली चित्तबुझ्दो नभएकाले पार्टी यस्तो अवस्थामा पुगेको बताएका हुन् । 

"कांग्रेसको विचार एकदमै राम्रो छ", कार्यकर्तालाई सम्बोधन गर्दै सिंहले भने, "राम्रो विचार भए पनि पार्टी नेतृत्व ठिक नभएकाले हामी कमजोर बनेका छौँ ।" कांग्रेको महाधिबेशनले पारित गरेको नीति तथा कार्यक्रमहरु नै पार्टीको आधिकारिक धारणा भएकोले कसैले पनि जथाभाबी बोल्न नहुने उनको ठहर थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हरेक दिन जिम्मेवार नेताहरुले एउटै बिषयमा दिनमै फरक-फरक विचार राख्ने गरेकाले अन्योल्ता बढेको भनेर कार्यकर्ताले तिब्र असन्तुष्टि व्यक्त गरेकाले नेता सिंहले यस्तो बताएका हुन् । 

"पार्टीलाई संस्थागत रुपमा चलाउन नसकेकै कारण विपक्षीले फाइदा उठाएका हुन्", उनले भने, "पार्टीभित्र सहमतिको आधारमा काम गर्नुपर्छ । तर पार्टीमा त्यस्तो भएको छैन ।" देश दौडाहामा रहेका नेता सिंहले अबको पार्टी नेतृत्व नविन सोंच भएका नेताले गर्नुपर्ने बताए । 

Global Ime bank

गुटको अन्त्य गर्ने नेताको खाँचो यति बेलाको कांग्रेसको आवश्यकता रहेको उनले बताए । "अब भने पार्टीको नेतृत्व नविन सोच भएका नेताले नै गर्नुपर्छ भन्ने मा उनको जोड रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले वर्तमान सरकारले जनजिविकासँग जोडिएका कुनै पनि काम गर्न नसकेकोले खबरदारी जरुरी रहेको उनले बताए । 

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC