site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

फलेवास (पर्वत), १२ साउन ।  पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पुरिएर १२ वर्षीया अङ्किता तामाङको ज्यान गएको हो । पहिरोले पुरिएर घाइते भएकी तामाङको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिरोमा परेर घाइते भएका ३२ वर्षीय सुवास थापा, १२ वर्षीया कृष्टि घले, १६ वर्षीया सुस्मिता तामाङ, ११ वर्षीय अजय तामाङ, ३२ वर्षीया फुलकुमारी तामाङ, २८ वर्षीया सविना घले, ३ वर्षीय विजय घले र २० वर्षीय प्रेम तामाङको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

मङ्गलबार राती १ बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतिरहेका उनीहरुको भागाभाग भएको थियो । त्यहाँ रहेका चारजना भने सकुशल रहेका छन् । घाइतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए ।

Global Ime bank

पहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसनालगायत बनाउँदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चापदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुँदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC