site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्मिथ र वार्नरमाथिको प्रतिबन्ध फुकुवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरमाथिको एक वर्षे प्रतिबन्ध आजबाट सकिएको छ । बल टेम्परिङ गरेको पुष्टि भएपछि स्मिथ र डेबिडलाई एकवर्षको प्रतिबन्ध लागेको थियो । क्यामरन ब्यान्क्रफ्ट भने ९ महिनाको प्रतिबन्धमा परेका थिए ।

दक्षिण अफ्रिकाको घरेल मैदान केपटाउनमा तेस्रो टेस्टमा बल टेम्परिङ गरेको आरोप लागेको थियो । आरोप पुष्टि भएपछि अष्टेलिया क्रिकेटले तीन खेलाडीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध फुकुवा भएसँगै स्मिथ र वार्नर अब अष्ट्रेलियाको राष्ट्रिय टोलीमा फर्किने छन् । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकपमा दुबै खेलाडी टोलीमा फर्किने बताइएको छ । एकचोटि अनुभवी खेलाडी प्रतिबन्धमा परेपछि अष्टेलिया केही धरासायी भएको थियो । 

अहिले दुबै खेलाडी इण्डियन प्रिमिएर लिग क्रिकेट खेलिरहेका छन् । प्रतिबन्ध सकिएकै दिन दुई खेलाडी आज एकअर्काको सामना गर्दैछन् । स्मिथ राजस्थान रोयल्स तथा वार्नर सनराइजर हैदरावादबाट खेल्दैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC