site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाराका एसपी भन्छन्–नेपालमा पनि यस्तो हुन्छ र ? भन्नेजस्तो थियो, रातभर उद्धारमा खटियौं
Sarbottam CementSarbottam Cement

काठमाडौैं । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण कम्तिमा पनि २७ जनाको मृत्यु भएको छ । सयौं घाइते छन् । घाइतेको वीरगन्ज र बारा जिल्ला अस्पताललगायत विभिन्न स्थानमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण बाराका मात्रै २६ जना र पर्साका एक जनाको मृत्यु भएको हो । अधिकांश मृतकको पहिचान हुन सकेको छैन । हावाहुरीपछि उद्धार कार्य कसरी  गरियो ? अहिलेको अवस्था र चुनौती के हुन् ? बाह्रखरीले बाराका एसपी सानुराम भट्टराईसँग सोधेको थियो ।
एसपी भट्टराईले बाह्रखरीसँग गरेको कुराकानीको अंश–

Prabhu Bank
Agni Group
NIC Asia

दिनभर अवस्था सामान्य थियो । तर साँझ एकाएक निकै डरलाग्दो हावाहुरी र असिना पर्न थाल्यो । एकैछिनपछि विभिन्न स्थानबाट हावाहुरीले ठूलो क्षति गरेको खबर आइपुग्यो । खबर पाउनासाथ म, सीडीओसा’बलगायत सबै निस्कियौं । नेपाली सेना, सशस्त्र प्रहरी लगायतलाई खबर गरियो । बाहिर निकै भयानक दृश्यहरु देखिएका थिए । नेपालमा पनि यस्तो हावाहुरी आउँछ र ? भन्ने प्रश्न आम मानिसले गरिरहेका थिए । रातको समय भएकाले हामीलाई विभिन्न चुनौती पनि थिए । ठाउँ–ठाउँमा बिजुलीका पोलहरु ढलेका, गाडीहरु पल्टिएका, बस्तीहरु अँध्यारा, जताजतै हुरीको त्रास र आतंक ।

मानिसहरुमा हताहती देखिन्थ्यो । उद्धार गर्न गएका सवारी, एम्बुलेन्स बाटोबाटै फर्किएका थिए । जान सक्ने अवस्थै थिएन । किनकि तारहरु सडकमा असरल्ल थिए । त्यो दृश्य शब्दमा वर्णन गर्न निकै कठिन छ । सयौंको संख्यामा घाइते थिए । मैले सरकारीलगायत सबै अस्पतालका चिकित्सकहरुलाई तयारी अवस्थामा रहन खबर गरेँ । हामी सबै स्थानमा गाडीमा जान सम्भव थिएन । पैदल रुपमा हिँड्न थाल्यौं । रातभरी नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको टोली खटियो । मृतक र घाइतेको उद्धारपछि हाम्रो अर्को प्राथमिकता धनसम्पत्तिको सुरक्षा गर्नु थियो । 

Global Ime bank

कयौं घरहरु पूर्णरुपमा ध्वस्त थिए । पक्की घरहरु पनि ढलेका, कैयौं घरका छाना उडेका, रुखहरु ढलेका, भागाभाग थियो । यस्तोमा घरहरुमा चोरी, लुटपाट हुने सम्भावनातर्फ पनि हामी सचेत थियौं । रातभर हामी सबै फिल्डमै खटियौं । घाइतेको सबै विवरण आइसकेको छैन । क्षतिको विवरण पनि संकलन गरिरहेका छौं । उपचार भइरहेका अस्पतालमा घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिइरहेका छौं । चिकित्सकहरुका अनुसार काठमाडौं लैजानुपर्ने घाइतेहरु प्रायः छैनन् । सबैको उपचार जारी छ । प्रारम्भिक जानकारीअनुसार कुनै टोलहरु पुरै ध्वस्त भएका छन् । ५०–५० घरहरु पूर्णरुपमा ढलेको जानकारी प्रारम्भिक रुपमा पाएका छौं भने सयौं घरमा आंशिक क्षति भएको छ । 

अबको चुनौती भनेको कयौं बेघरबार भएका छन् । उनीहरुलाई राहत र पुनस्र्थापना गर्नु हो । यसको प्रक्रिया पनि सुरु भइसकेको छ । रेडक्रस लगायतका गैरसरकारी संघ संस्था पनि जुटेका छन् । स्थानीय युवा लगायत सबैको सहयोग छ । तर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यमले मृतकको संख्या बढाएर लेखिरहेका छन् । मान्छेको मृत्युजस्तो कुरामा संवेदनशील हुनुपर्छ जस्तो लाग्छ । अहिलेसम्म २७ जनाको मात्रै ज्यान गएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC