site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरी आक्रामक, विप्लव समूह सुस्त ! जंगल पसे नेता-कार्यकर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । २८ फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले सो समूहविरुद्ध आक्रामक रणनीति अवलम्बन गरेको छ । आन्तरिक सर्कुलरमार्फत् विप्लव समूहका नेता–कार्यकर्तालाई जहाँ देख्यो, त्यही समात्न निर्देशन दिइएको छ ।प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विप्लव समूहका गतिविधि पूर्ण रुपमा बन्द गर्न, नियन्त्रणमा लिन र कसुरको आधारमा मुद्दा दायर गर्न निर्देशन दिइएको बताउँछन् ।

शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न जोसुकै व्यक्ति र समूहमाथि कानुनी कारवाही हुने एसएसपी सुवेदी बताउँछन् । प्रहरीले विप्लवसहित नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ अन्तर्गत गाउँ–गाउँमा प्रहरी परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिबन्धपछि विप्लव समूहका १७५ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रतिबन्धअघि देशभरबाट ३ सय ९७ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरी अपरेसनका क्रममा सो समूहका तेस्रो वरीयताका नेता हेमन्तप्रकाश वली सबैभन्दा माथिल्लो तहका नेता हुन् । वलीमाथि ललितपुरको नख्खुस्थित एनसेल गेटमा बम विष्फोट गराएको आरोप छ । प्रहरीले ओलीविरुद्ध कर्तव्यज्यान, बम विष्फोट, राज्यद्रोह, चन्दा आतंक लगायतअभियोग लगाएर मुद्दा दायर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन माओवादी नेता विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले सुक्ष्म रुपमा अध्ययन र निगरानी बढाएका छन् । एकीकृत जनक्रान्तिको नारा अघि सारेको विप्लव समूहले युद्धकै घोषणा गर्न लागेको चर्चा चल्दै आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गरेको गोप्य सूचना संकलन तथा प्राप्त विवरणको विश्लेषणबाट आन्तरिक सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकालेका छन् । कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् । प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् ।

Global Ime bank

सुस्ताए विप्लवका गतिविधि
प्रतिबन्धअघि विप्लव समूहले मुलुकका विभिन्न स्थानमा बम राख्ने, विष्फोट गराउने, चन्दा आतंक तिव्र पारेको थियो । तर प्रतिबन्धपछि त्यो क्रम घटेको सुरक्षा संयन्त्रको विश्लेषण छ । फागुनमा प्रतिबन्धअघि मात्रै विप्लव समूहले मुलुकका २५ स्थानमा बम राखेको थियो भने तीमध्ये ४ स्थानमा विष्फोट भएको थियो ।

२४ स्थानमा आगजनी गरेका थिए भने विष्फोटमा एकजनाको मृत्यु भएको थियो । अन्य २ जना घाइते भएका थिए । विप्लव समूहले उपत्यकाका विभिन्न स्थानमै विभिन्न स्थानमा बम राखेका थिए । तर प्रतिबन्धपछि विप्लवका गतिविधि सुस्त छन् । सुरक्षा निकायले विप्लव विरुद्धको कारवाही तिव्र पारेपछि बम आतंक लगायतका गतिविधी घटेका हुन् । तर, आन्तरिक रुपमा चन्दा आतंक भने जारी रहेको बताइन्छ ।

नेता–कार्यकर्ता चुरे क्षेत्रको जंगलमा
प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक्लाएक्लै र संयुक्त रुपमा ‘सर्च एण्ड अरेस्ट अपरेसन’ सुरु गरेको थियो । अपरेसन चलाएपछि सबैजसो नेता–कार्यकर्ताले सदरमुकाम र गाउँ छाडेका छन् । प्रहरी अधिकारीका अनुसार विप्लव लगायतका सबै शीर्ष नेता भूमिगत छन् । यसअघि गाउँमा रहेका नेता–कार्यकर्ता सुरक्षा कारवाहीबाट बाँच्नका लागि विकट ग्रामीण इलाका, चुरे पहाड तथा जंगलमा लुक्न थालेका छन् ।

पार्टीका बैठक, भेला र प्रशिक्षण पनि जंगलमै हुने गरेको छ । एक प्रहरी अधिकारीले भने, ‘‘प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ताको कल डिटेल, लोकेसनलगायत हेर्न थालेपछि शीर्ष नेताहरुले मोबाइल प्रयोग गर्न छाडेका छन् भने तल्लो तहका नेता–कार्यकर्ताले मोबाइल सेट र सिमकार्ड फेर्न थालेका छन् ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC