site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सिमेन्टको माग बढिरहन्छ, हामी वर्षदिनमै मार्केट लिडर बन्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । मल्टिनेसनल कम्पनीमा लामो समय बिताइसकेका मुकुन्द घिमिरे हाल रिद्धिसिद्धि सिमेन्टको महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) हुन् । घिमिरेसँग युनिलिभर नेपालमा सेल्स म्यानेजरको रुपमा काम गरेको २५ वर्षको अनुभव छ ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धि सिमेन्ट खुलेको हो । सिमेन्टको कारखाना हेटौंडामा छ । २०७३ सालमा स्थापित कम्पनीले केही समयअघिदेखि मात्र उत्पादन सुरू गरेको हो ।

हालै बिक्री सुरू भएको सिमेन्टले चाँडै नै उपभोक्तको मन जित्‍ने घिमिरेको विश्वास छ । निर्माण क्षेत्रमा यी दुई ग्रुपलाई उपभोक्ताले रुचाएको उल्लेख गर्दै दुई ग्रुपमा रहेको जनविश्वासका कारण सिमेन्ट चाँडै नै नेपालको नम्बर १ बन्‍ने घिमिरेको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनै घिमिरेसँग बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

रिद्धिसिद्धि कस्तो सिमेन्ट हो ?
 
रिद्धिसिद्धि सिमेन्ट शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालन भएको कम्पनी हो । कम्पनीको स्थापना २०७३ सालमा भएको हो भने उत्पादन केही समय अघिबाट सुरू भएर बिक्री वितरण भइरहेको छ । हाम्रो कारखानाको उत्पादन क्षमता प्रतिदिन ३ हजार मेट्रिक टन रहेको छ । हामी आफ्नै खानीबाट चुनढुंगा निकालेर अत्याधुनिक युरोपियन प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्छौं ।

Global Ime bank

नेपाली सिमेन्ट उद्योग आत्मनिर्भर बनिसकेको छ । यहाँको मागअनुसार अरु प्रतिस्पर्धी सिमेन्टले सिमेन्ट बेचिरहेका छन् । यस्तोमा बजारमा आफ्नो सिमेन्टको बिक्री बढाउने तपाईंहरुको योजना के छ ?

आजको दिनमा नेपाली उत्पादनले बजारको माग धान्‍न सक्छ । पहिले क्लिंकर भारतबाट आउँथ्यो, आज क्लिंकरमा पनि आत्मनिर्भर हुन थालेको छ । नेपालको अहिलेको युग विकास निर्माणको युग हो । संसारको जुनसुकै देशसँग तुलना गर्दा पूर्वाधार विकासको हिसाबले हामी धेरै पछाडि छौं । यसको अर्थ बृहत मार्केटले अझै धेरै सिमेन्ट माग गर्नेछ । सिमेन्टको बजार पनि बढ्छ, त्यसकारण सिमेन्ट फ्याक्ट्रि आइरहेका छन् ।

जसले गर्दा सिमेन्ट उत्पादक आत्तिनुपर्ने अवस्था छैन । उत्पादन बढेसँगै मार्केट साइज पनि बढिरहेको छ । किनकी सिमेन्टबिनाको विकास निर्माण सम्भव नै छैन ।

नेपाली सिमेन्ट उद्योगको बजार नेपाल मात्रै हो ?

आजसम्म नेपालबाट भारतसम्म सिमेन्ट निर्यात भएको छैन । आजसम्म नेपाल आत्मनिर्भर नभएका कारण हामी निर्यात गर्न सकेका थिएनौं । उत्पादन बढेको अवस्थामा उत्पादकहरुले निर्यात गर्ने मौका पाउनेछन् ।

\"\"नेपालमा उत्पादन भएको सिमेन्टले भारतीय गुणस्तर ‘मिट’ गर्न सक्छन् ?

नेपालको सिमेन्टले भारतको गुणस्तर मिट गर्न नसक्ने कुरै हुँदैन । नेपालको सिमानाबाट ३ सयदेखि ४ सय किलोमिटरसम्म उत्तर प्रदेश र बिहारमा चुनढुंगाका खानी छैनन् । हेटौंडामा उत्पादन भएको सिमेन्ट त्यहाँबाट ३ सय किलोमिटरको दुरीमा रहेको पटना सहज रुपमा पुग्‍न सक्छ । त्यहाँ अहिले यत्तिकै दूरीबाट सिमेन्ट आइरहेको छ । गुणस्तरमा कुनै समस्या छैन ।

गुणस्तर ‘मिट’ गर्ने भए यहाँका ठूलो आयोजनाले विदेशबाट सिमेन्ट किन आयात गरिरहेका छन् ?

अहिले ठूला आयोजनाले विदेशी कम्पनीको सिमेन्ट प्रयोग गर्ने प्रचलन धेरै मात्रामा घटिसकेको छ । अर्को कुरा ठूला आयोजनाले ५३ ग्रेडको सिमेन्ट माग्‍ने गर्छन् । तर, दुर्भाग्यवश नेपाल गुणस्तर अनुसार सिमेन्टको बोरामा ग्रेड लेख्‍न पाइँदैन । जबकि भारतका बोरामा ग्रेड लेख्‍न पाउँछन् । उताबाट आउने ठूलाठूला आयोजना यही कारण देखाउने गरेका छन् । त्यो पनि काफी मात्रामा कम भइसकेको छ । यसको लागि नेपाल नापतौल तथा गुणस्तर विभागले पनि आफ्नो तर्फबाट सायद कार्य गरिरहेको होला । तर, यहाँको आयोजनाले स्वदेशी सिमेन्ट प्रयोग नगुर्नको कारण गुणस्तर नपुग्‍नु होइन ।

आजसम्म हामी नै यहाँको मागअनुसार सिमेन्ट उत्पादन गर्ने सक्ने अवस्थामा थिएनौं । अब बल्ल मागअनुसारको आपूर्ति गर्न सकेका छौं । अब केही होला ।

नेपालको खपत र माग कति हो ?

अहिलेसम्मको तथ्यांक हेर्दा नेपालमा प्रतिवर्ष २० करोड बोरा (१ करोड मेट्रिक टन) सिमेन्ट खपत हुने गरेको छ । यो वर्षभित्र नेपाल सबै माग धान्‍न सक्षम हुनेछ । यसमा रिद्धि सिद्धि सिमेन्टले पनि योगदान गर्नेछ ।

रिद्धि सिद्धि सिमेन्टको योजना के छ ?

हामी १ वर्षभित्र नेपाली सिमेन्ट बजारको ओपीसी सेग्मेन्टमा मार्केट लिडर बन्‍ने छौं ।

ओपीसी र पीपीसीको भिन्‍नता आम नेपालीमा बुझाइदिनोस् न !

ओपीसी अर्थात् अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट र पीपीसी भन्‍नाले पार्टल्यान्ट पोजोलोना सिमेन्ट । साधारण भाषामा ढलान गर्ने सिमेन्ट ओपीसी र वाल लगाउने सिमेन्ट हो पीपीसी । रिद्धि सिद्धि सिमेन्ट ओपीसी सिमेन्ट हो । भविष्यमा पीपीसी सिमेन्ट पनि उत्पादन गर्ने योजनामा छौं ।

गुणस्तरमा अरुभन्दा भिन्‍न र उत्कृष्ट भएको तपाईंहरुको दाबी छ । यसका आधार के छन् ?

हामीले रिद्धि सिद्धि सिमेन्ट रोबोटिक ल्याब प्रयोग गरेर उत्पादन गरेका हौं । यो प्रविधि प्रयोग भएको नेपालमा पहिलोपटक हो । भारतमा पनि सिमित उद्योग मात्र यो प्रविधि प्रयोग भएको छ ।

हाम्रो उद्योगमा रोबोटले चौबिसै घण्टा कन्टिनिअस रुपमा गुणस्तर परीक्षण गरिरहेको हुन्छ । जुन अरू उद्योगभन्दा यसकारण फरक छ कि स्याम्पल म्यानुअल रुपमा उठाएर परीक्षण गरिन्छ ।

अरु उद्योगमा चुनढुंगादेखि क्लिंकर हुँदै सिमेन्ट बन्‍ने क्रममा परीक्षण गर्ने काममा मानवीय साहारा लिइन्छ । हाम्रो उद्योगमा यी सबै काम रोबोटले गर्छ । यसमा मानवीय त्रुटी हुने सम्भावना शून्य रहन्छ ।

आजको दिनमा सिमेन्टको गुणस्तर राम्रो-नराम्रो भन्दा पनि गुणस्तरको एकरुपता महत्वपूर्ण हुन्छ । कुनै बेला एकदम राम्रो गुणस्तरको सिमेन्ट निस्किन्छ भने कुनैबेला एकदमै कमसल । हाम्रो सिमेन्ट त्यस्तो हुँदैन । गुणस्तर तलमाथि हुनेबित्तिकै रोबोटले सुचना पुर्‍याइहाल्छ र गुणस्तर सुधार भइहाल्छ ।

सिमेन्टको आयु औसतमा तीन महिनामात्र हुने गर्दछ । त्यसमा पनि चिसोपनाले सिमेन्टको गुणस्तर उत्पादन गरेको अवस्थाभन्दा खसकाउँदै जान्छ । त्यसका लागि हामीले नयाँ प्रविधि अपनाएका छौं, लेजर सिल मेथड ।

लेजर सिलले बोराभित्र हावा छिर्न दिँदैन । किनकी लेजर सिलको प्रयोगले सिमेन्ट बोरामा हाल्न प्रयोग गरिने दुलो टालिन्छ । यसअर्थमा चिसोपन छिर्दैन भने सिमेन्टको तौल घट्ने वा चोरी हुने क्रम पनि बन्द हुन्छ । यसका अलवा हामीले भीआरएम प्रविधि पनि अपनाएका छौं ।

\"\"तपाईंको भनाईको तात्पर्य अन्य सिमेन्टको तुलनामा रिद्धि सिद्धि सिमेन्ट नेपालको नम्बर १ ओपीसी सिमेन्ट हो ?

दुईवटा कारणले सिमेन्टलाई राम्रो बनाउँछ । पहिलो चुनढुंगाको गुणस्तर र दोस्रो हो, सिमेन्ट बनाउँदा प्रयोग हुने प्रविधि । हाम्रो आफ्नै खानी छ । त्यहाँ हाइग्रेड चुनढुंगा छ । 

भूकम्पपछिको पुनर्निर्माणको काम लगभग अन्तिम चरणमा आएपनि तिव्र गतिको विकास निर्माण कार्यले सिमेन्टको माग बढी नै रहन्छ । तर, नेपाली बजारमा पहिलो नम्बरमा आउने तपाईंहरुको सपना पूरा गर्न केही चुनौती होलान् । उपभोक्ताको रोजाइमा यो सिमेन्ट पर्ने आधार के छन् ?

मैले पहिले नै भनें । नेपालको बजार विस्तार हुँदैछ । यो सिमेन्ट उत्पादन नेपालमा निर्माण सामग्री उत्पादनमा स्थापित दुई समूहले सुरू गरेको हो । हामी पहिले नै बजारमा छौं । बजार पहुँच हाम्रो लागि समस्या पनि छैन । हामी यसअघि पनि गुणस्तरीय सामग्री उत्पादन गर्दै आएका छौं । उपभोक्तालाई हामी गुणस्तरमा कुनै कम्प्रोमाइज गर्दैनौं ।

हामीसँग लामो समय काम गरेको व्यापार साझेदार छन् । हामीले राम्रो उतपादन दिने कारण हामीलाई उपभोक्ताले चाँडै मन पराउनु हुनेछ । यसकारण हामी नम्बर १ बन्‍ने आधार उत्पादनको गुणस्तर र कम्पनीको प्रोफाइल हो ।
हामीले दाबी गरेअनुसार उच्च प्रविधि प्रयोग गरेर गुणस्तरीय सिमेन्ट प्रयोग गरेका छौं । तपाईंले निर्धक्क रुपमा रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न सक्नुहुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC