site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चन्द्रागिरीमा ओली, दाहालसहित शीर्ष नेताको आवासीय बैठक, माधव नेपाललाई खबरै गरिएन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबार बेलुकादेखि चन्द्रागिरी पुगेका छन् । चन्द्रागिरीमा रहेको रिसोर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरु बिहीबार बेलुका त्यहाँ पुगेका थिए ।

पार्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा कुराकानीका लागि उनीहरु त्यहाँ पुगेको स्रोतले जानकारी दियो । नेता पौडेल बिहीबार दिउँसो नै त्यहाँ पुगेका थिए भने दाहाल ४ बजे पुगेका थिए । गृहमन्त्री थापा साढे ४ बजे र प्रधानमन्त्री ओली सवा ५ बजे चन्द्रागिरी पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुबीच बेलुकादेखि नै आवासीय बैठक भएको स्रोतले जानकारी दिएको छ ।  स्रोतका अनुसार प्रचण्ड अघिल्लो साता पनि परिवारसहित पुगेका थिए ।  “मन्त्री फेरबदल गर्ने कुरा पनि पहिलेदेखि नै चलेको थियो,” स्रोतले भन्यो,“पार्टी एकताको टुंगो नलाग्दा पार्टीभित्रै विवाद बढेको छ ।”

नेकपा एकता तल्लोतहसम्म पुग्न सकेको छैन । प्रदेश कमिटीभन्दा तल एकता हुन सकेको छैन । २२ वटा जनसंगठनमध्ये वकिल र इन्जिनियरको संगठनबाहेकका कुनै पनि संगठनको एकता टुंगो लागेको छैन । जिल्लाको नेतृत्वमा माधवकुमार नेपालले समानान्तर सूची तयार पारेका छन् । त्यसैगरी महानगर र जनसंगठनमा पनि उनले समानान्तर सूची तयार पारेका छन् ।

Global Ime bank

नयाँ वर्षको पहिलो दिन नै तल्लो तहसम्म सबै एकता टुंगो लगाएर सर्कुलर जारी गर्ने तयारी भएको स्रोतले जानकारी दियो । एकता प्रक्रियामा सबैभन्दा बढी असन्तुष्ट देखिएका माधवकुमार नेपाल पक्षलाई भने आवासीय बैठकका बारेमा कुनै जानकारी गराइएको थिएन । 
यसअघि प्रधानमन्त्री ओलीले नेकपामा असन्तुष्ट देखिएका वामदेव गौतमलगायतका नेतालाई छुट्टाछुट्टै बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

नेपाललाई पनि यसैसाता भेटेर छलफल गर्ने तयारी गरिएको भए पनि नेपाल भने बुधबार बिरामी परेर अस्पताल भर्ना भएका थिए ।  “त्यसैदिन बेलुका भेट्ने कुरा थियो तर उहाँ बिरामी भएपछि भेट हुन सकेन, आवासीय बैठकका बारेमा पनि कुनै जानकारी गराइएन,” नेपाल निकट एक नेताले भने ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC