site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुगल ब्वाईको सन्देशः ओली, देउवा र दाहाल नै सही !

धर्म र राजनीतिको गजबको सम्मिश्रणको यो अनुभव सुरु गर्नुअघि थोरै पृष्ठभूमि । 

नेपालका गुगल ब्वाइ अर्थात् ‘बाल गुरु आदित्य दाहाल‘ का विषयमा धेरै नेपालीले सुनेको हुनुपर्छ । असाधारण प्रतिभाका धनी आठ वर्षमात्रका यी बाल गुरुसँग भेट्ने अवसर मिलाए पत्रकार मित्र देवप्रकाश त्रिपाठीले । बाल गुरुलाई भेट्ने विषयमा सोचेको थिइन तर नभेट्नुपर्ने कारण पनि केही थिएन । त्रिपाठी, परशु घिमिरे तथा गुणराज लुईंटेलसहितको हाम्रो समूह पुग्यो पशुपतिको गौरीघाट नजिक रहेको आदित्य गुरुको आश्रममा । बाल गुरुको प्रत्यक्ष रेखदेखमा बनिरहेको त्रिगजुरसहितको बसाहाभित्र शिवलिंग साह्रै सुन्दर देखिएको थियो । बसाहाको नजर सिधै पशुपतिको गजुरमा परेको छ भनियो । मन्दिर यस्तो सुन्दर कि कुनै अत्यन्त प्रतिभाशाली आर्टिटेक्ट इन्जिनियरको धेरै मेहनतको प्रतिफल हो कि झैंँ लाग्ने । आश्चर्य, यस मन्दिरको डिजाइनमात्र होइन रंग, रोगन र खुड्किलाको नापसमेत बालगुरुको प्रत्यक्ष निगरानीमा भइरहेको रहेछ । 

नवनिर्मित त्रि गजुर मन्दिरदेखि अलि तल रहेको आदित्य गुरुको निवासमा पत्रकारसँग भेटघाटको व्यवस्था मिलाइएको थियो ठिक ४ बजे । समयको मामिलामा गुरु अत्यन्त सचेत छन् । बेमौसमी झरीले होला सबैजना समयमै आउन सकेनन् । गुरुले आमा ईश्वरा दाहाललाई आफ्नो असन्तोष इसारामा नै देखाए । आमामार्फत् हामीले थाहा पायौँ समयका मामिलामा गुरु कति सचेत रहेछन् भन्ने ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यो भेटघाट पत्रिकामा लेख्नका लागि होइन भनियो । सायद त्यसैले होला त्यति धेरै सम्पादक तथा वरिष्ठ पत्रकार भेला भएको विषयमा कुनै चर्चा भएन । गुरुले पत्रकारलाई सम्बोधन गर्दै सुरुमै अंग्रेजीमा लेखे मिडिया, पैसा र शक्तिसँग मलाई कहिल्यै आशक्ति भएन । त्यसै विषयको एक पूरक प्रश्नको उत्तरमा गुरुले फेरि लेखे – “मेरो दूर्भाग्य, म यी तिनैसँग नजिक हुन सकिन ।”

उल्लेखित त्रि गजुर शिवालयको उद्घाटन गर्ने विषयमा समाचार प्रकाशित गर्न प्रेस सम्मेलन पूर्वको अनौपचारिक भेटघाट रहेछ सम्पादकसँगको सो भेट । धेरै पत्रकारले गुरुलाई पहिलोपल्ट भेटेका थिए र उनको अलौकिक प्रतिभा देखेर आश्चर्यचकित पनि थिए । नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलको पत्रकारका लागि केही सन्देश भए पाऊँ भन्ने अनुरोधमा गुरुले दिएको जवाफ पत्रकारिताका धुरन्धर पनि छक्क पर्ने गहिराइको थियो । गुरुले भने – “सत्य खोज, तथ्य लेख ।”

Global Ime bank

गुरुको पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’ बोकेर भौतिकवादी युगमा यस्तो अचम्मको अलौकिक शक्तिको उपस्थितिलाई आफ्नै आँखाले हेरेर पत्याएर आइयो । अब देशको राजनीति र समाजमा गलत गर्ने व्यक्तिका लागि बालगुरु आदित्य पनि एक सशक्त लगाम हुनसक्ने अनुमान लगाइयो । उक्त भेटमा पनि उनले मातृभूमि नेपालले अध्यात्ममार्फत एकदिन विश्वमा नेतृत्व लिने बताएका थिए । 

अफसोच, शक्ति र पैसाको अगाडि महादेवको तेस्रो नेत्र पनि खुल्छ भन्ने कुराको प्रमाणले मलाई पर्खिरहेको रहेछ । 

विसं २०७५ सालको अन्तिम दिन अर्थात् चैत्र ३० गते त्रि गजुर मन्दिरको प्राण प्रतिष्ठा तथा बाल गुरुको नेपाली किताबको अंग्रेजी संस्करणको विमोचन नेपालका तीन धुरन्धर नेताले संयुक्तरुपमा गरे । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (नेकपा) का दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । अझ केही समयअघि सोही पुस्तकको नेपाली संस्करणको लोकार्पणमा पनि ओली र प्रचण्ड पुगेका थिए । भौतिकवादी नेता र अध्यात्मवादी बाल गुरुको यो संगममा त्यही बेला सबैले विस्मय प्रकट गरेका थिए ।  

पुस्तकको विमोचन पूर्व सबैलाई सन्देश दिने क्रममा बालगुरुले आफ्नी आमाको काखमा बसेर एक वाक्य लेखे – “म ईंटा जोडेर मन्दिरमात्र होइन आत्मा जोडेर राष्ट्र बनाउन चाहन्छु ।”

सर्वसाधारण जनता गरिबी, महँगी, भ्रष्टाचार, अधिनायकवादको चुल्होमा पिल्सीरहेको यस्तो अवस्थामा यो देशमा शान्ति, अमन चयन र मानवताको शीतल लहरको सन्देश दिने बाल गुरुका लागि पनि ओली, दाहाल र  देउवा नै यस देशको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुने रहेछन् भने जनसाधारणले किन यी नेताका विरोधमा सडकमा ओर्लनु ? तीनैजना नेताको भागबण्डामा देशको यो गति भएको भन्ने महसुस भएका सबैलाई आदित्य गुरुले गलत साबित गरेको सन्देश गएको छ । 

यस देशमा डा. गोविन्द के.सी., डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, केदारभक्त माथेमा, महाविर पुनः जस्ता व्यक्तिलाई आध्यात्मिक र लोक कल्याणकारी गुरुले पनि चिनेनन् । उल्लेखित सबैको विषयमा केही न केही विवादास्पद घटना होलान् तर सबैले चिन्ने व्यक्ति भएको आधारमा यिनको नाम यहाँ लिइएको हो । उनको ब्रतवन्ध र पुस्तक विमोचनमा ठूला नेता, खर्बपति, अर्बपति, सुरक्षा निकायका उपल्ला तहका कर्मचारीलाई मात्र सत्कार गर्ने हो भने अहिलेको अवस्थाबाट देशलाई अर्को धारमा लग्नु नपर्ने सन्देश मनन् गर्ने त होलान् नि गुरु आदित्यका अनुयायीले ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC