site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल फकाउँदै ओली, चन्द्रागिरि बैठकले पनि फुकाएन गाँठो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा स्थापनाका दिन वैशाख ९ गते पार्टीको संगठनात्मक एकता टुंग्याउनेगरी अध्यक्ष केपी शर्मा ओलीले छलफल शुरू गरेका छन् । संगठनात्मक एकता टुंग्याउने विषयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दियो ।

११ महिनादेखि नेकपाको संगठनात्मक एकता अवरुद्ध बनेपछि गत बिहीबार साँझ पार्टी अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल, विष्णु पौडेल र रामबहादुर थापा बादल आवासीय बैठकका लागि चन्द्रगिरि पुगेका थिए । शुक्रबार साँझमात्रै फर्किएका शीर्ष चार नेताले तयार पारेको एकता प्रस्तावमाथि अध्यक्ष ओलीले बालुवाटार बोलाएर सहमतिको प्रस्ताव तयार पार्न छलफल शुरू गरेको हुन् ।

“पार्टीको संगठनात्मक एकता ११ महिनासम्म गतिशून्य बन्दा आधारभूत तहमा पार्टीको काम हुन सकेन । पार्टीका कार्यकर्ता बेरोजगार बने । एकताको कामलाई छिट्टै टुंग्याउन अध्यक्षले तदारूकता देखाउनु भएको छ, यसै विषयमा शीर्ष नेतासँग छलफल गर्नुभएको हो, नेता नेपालसँग पनि यसै विषयमा कुराकानी भयो,” प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतकाअनुसार नेकपा स्थापना दिवस (९ वैशाख) का दिन पार्टी एकता टुंग्याउनेगरी अध्यक्षद्वयले प्रारम्भीक खाका तयार पारेका छन् । चन्द्रागिरि बैठक खाकालाई अन्तिम रूप दिन नै आयोजना गरिएको थियो । झन्डै २४ घण्टा लगाएर अध्यक्षद्वयले आ–आफ्नो प्रस्तावमाथि छलफल गरेका थिए ।

स्रोतका अनुसार अध्यक्षद्वयले यसअघि एमाले र माओवादी केन्द्रबीच भागवन्डा गरिएको ४५ र ३२ जिल्लाका जिल्ला अध्यक्ष र सचिवहरूको सूचीमाथि छलफल गरेका थिए ।

Global Ime bank

‘चन्द्रागिरि बैठकले गाँठो फुकाउन सकेको छैन’

नेपाल पक्षका नेताका अनुसार चन्द्रगिरि बैठकले पनि पार्टी एकताको गाँठो फुकाउन सकेको छैन । नेपाल पक्षका नेताहरूका अनुसार चन्द्रागिरि बैठकमा अध्यक्षद्वयले यसअघि टुंग्याएको भागबन्डाकै आधारमा नेतृत्वको सूची पेश गरेका थिए । अध्यक्ष ओलीले मूर्त रूपमा नामावली पेश गरेको भए पनि पूर्वमाओवादीले भने मूर्त रूपमा नामावली ल्याएको थिएन ।

केही जिल्लामा एक वा एकभन्दा बढीको नाम जिल्ला अध्यक्ष, सचिवको रूपमा पेश गरिएपछि गाँठो फुक्न नसकेको बताइएको छ ।

चन्द्रगिरिबाट फर्किएलगत्तै अध्यक्ष प्रचण्डले नेता नेपालसँग पनि परामर्श गरेका थिए । अनौपचारिक परामर्शमा दुई अध्यक्षलेमात्रै टुंग्याएर एकता नटुंगिने र नेता नेपालसँग पनि छलफल गर्नुपर्ने र साझा प्रस्ताव तयार पार्न अध्यक्ष ओलीलाई सुझाव दिइरहेको बताएका थिए ।
स्रोतका अनुसार ९ गते नै एकता टुंग्याउने पक्षमा अध्यक्ष प्रचण्ड छैनन् । माधव नेपाललाई पनि सहमतिमा ल्याएर साझा प्रस्ताव पार्न जोड दिइरहेका छन् ।

भेटमा के भने नेपालले ?

सोमबारको भेटमा पनि वरिष्ठ नेता नेपालले मापदण्ड बनाएरै एकता टुंग्याउन जोड दिएका थिए । 

“उहाँले विधि समातेरै एकता टुंग्याउन ओलीलाई सुझाव दिनुभएको छ । सचिवालयले प्रस्ताव तयार पार्ने र स्थायी कमिटीमा लगेर अनुमोदन गरेपछिमात्रै निर्णय कार्यान्वयन गर्न सुझाव दिनुभएको छ,” नेता नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, “विधि नसमाउने, व्यक्ति टिप्दै जाने हो भने एकता सुल्झाउन सकिँदैन ।”

स्रोतका अनुसार एकता टुंग्याउन पार्टी स्थायी कमिटीले बनाएको कार्यदलका अधिकांश सदस्यले सुझावका रूपमा दिएको प्रतिवेदनलाई मियो बनाएर एकीकरण टुंगयाउनुपर्नेमा नेपाल पक्षको जोड छ ।  विधि, पद्धति लत्याएर अध्यक्षद्वयले तयार पारेकै सूचीलाई एकता प्रस्ताव बनाउने हो भने देशव्यापी विग्रह पैदा हुने र समानान्तर कमिटी बनाइने नेपाल पक्षले चेतावनी दिएको छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC