site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हावाहुरी मृतकका परिवारलाई सुनकोशी गाउँपालिकाको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाराको भलुही, पुरैनिया र भरवलियामा हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गरिएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले उपलब्ध गराएको पाँच लाख रुपैयाँ हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग स्वरुप प्रदान गरिएको हो । 
भलुही, पुरैनिया र भरवलियाका २३ जना मृतकका परिवारलाई २१ हजार पाँच सयका दरले आर्थिक सहयोग गरिएको नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले जानकारी दिए । गत चैत १७ गते गएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएपछि सुनकोशी गाउँपालिकाले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।               गाउँपालिकाले गरेको निर्णय अनुसार सहयोग रकम बोकेर गाउँपालिका प्रमुख विरेन्द्र जिसी बारा पुगेका थिए । उनले लगेको पाँच लख रुपैयाँलाई दामाशाही गरेर २३ जना मृतकका परिवारलाई वितरण गरिएको बताइएको छ । 
हावाहुरीमा परी मृत्यु भएका अन्य पाँच जनाका हकदार कायम हुन नसकेका कारण आर्थिक सहयोग गरिएको छैन् । ‘‘२३ जना मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । अन्य पाँच जना भारतीय नागरिक हुन् । उनीहरुको हकदार कायम भइसकेको छैन् । फेरि स्थानीय प्रशासनले हकदार कायम नहुँदासम्म सहयोग गर्न नसकिने बतायो’’ बारा कांग्रेसका सभापति चौरसियाले भने । 
हावाहुरीबाट मृत्यु भएकाका परिवारजनलाई आर्थिक सहायता वितरणका लागि कांग्रेसका केन्द्रीय मोहनबहादुर बस्नेत, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव पनि भलुही, पुरैनियाँ र भरवलिया पुगेका थिए । 
तस्बिरः कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको फेसबुकबाट    .
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC