site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै
Ghorahi CementGhorahi Cement

कठमाडौं । आईसीसी यु–१९ एक दिवसीय विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको छ । यूएईले ओमानलाई हराएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । 

वर्षाका कारण यूएईविरुद्धको खेलमा डीएल मेथडमा १ रनले हार व्यहोरेको नेपालका लागि त्यही खेल नै दुर्भाग्य बन्यो । ६ टोली सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहने एक टोलीले मात्रै विश्वकप खेल्न पाउने भएपछि नेपाल बाहिरिएको हो । 

Agni Group

यूएईले खेलेका पाँच खेलमा पाँचैमा जित निकाल्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो । अन्तिम खेलमा यूएईले ओमानलाई १० विकेटले हरायो । ओमानले दिएको १०६ रनको लक्ष्य यूएईले १२.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । 

यूएई ओमानसँग पराजित भएको अवस्थामा मात्रै नेपाल दक्षिण अफ्रिकामा हुने एक दिवसीय विश्वकपका लागि छनोट हुने अवस्था थियो । नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध २ सय १७ रनको फराकिलो जित निकालेको थियो भने ओमानविरुद्ध १ सय ५० र मलेशियाविरुद्ध ८ विकेटको जित निकालेको थियो । तर यूएईसँग डिएल मेथडमा १ रनले पराजित हुन पुगेको थियो । मलेसियामा जारी अन्तिम खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC