site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फरार सूचीमा रहेका धमाधम धरौटीमा रिहा
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा उजुरी दिएका व्यक्तिहरु अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । विद्यार्थीहरुले कलेजले मनोमानी शुल्क लिएको भन्दै कलेजका अध्यक्षसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले २ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु गत गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए ।
फरार बाँकी ९ जनामध्ये बिहिबार पनि २ कर्मचारी धरौटीमा रिहा भएका छन् । कास्की प्रहरी प्रमुख ओम रानाले अदालतले दिएको तारिखमा उपस्थित नभएको खण्डमा मात्र प्रहरीले पक्राउ गर्ने बताए । “अदालतले तारिख हानेको छ, उक्त मितिमा नआएपछि प्रहरीले पक्रन पाउँछ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रहरीले भने विद्यार्थीहरुको किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीको अनुमति पक्राउ पूर्जी जारी भइसकेपछि प्रहरीले पक्राउ किन गरेन ? भन्ने प्रश्नमा रानाले भने, “उनीहरुले अदालतमा उपस्थित हुन पाउँछ, अदालतले प्रक्रिया अगाडि बढाउँछ, अदालती म्यादमा उपस्थित नभए प्रहरीले पक्राउ गर्ने प्रक्रिया अगाडि बढाउँछ ।”

यता, गत फागुन ३० गते उच्च अदालत पोखराले कलेजका अध्यक्ष खुमा अर्याल सहित ६ जनाले दायर गरेको निषेधाज्ञायुक्त रिटमा अन्तरिम आदेश दिन नमिल्ने आदेश जारी गरेको थियो । उच्च अदालतको उक्त आदेशानुसार प्रहरीले किटानी जाहेरीमा परेका बाँकी ९ जनालाई पक्राउ गर्ने बाटो खोलिदिएको थियो ।

Global Ime bank

तर, हालसम्म पनि फरार अन्य व्यक्तिहरु भने पक्राउ परेका छैनन् । बिहिबार धरौटीमा छुट्ने कर्मचारीद्वय तिलक पौडेल र कृष्ण घिमिरेविरुद्ध पनि किटानी जाहेरी परेको थियो । यससँगै धरौटीमा छुट्नेको संख्या ७ पुगेको छ । दिनेश पौडेल र युवराज शर्मा बुधबार रिहा भएका हुन् भने त्यसअघि कृष्णप्रसाद पौडेल छुटेका थिए । 

कलेज अध्यक्ष खुमाप्रसाद अर्यालसहित ४ जना भने फरारै छन् । फरार रहेकामा प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना पौडेल र विश्वराज घिमिरे छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC