site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अनेकौं राष्ट्रिय कीर्तिमान कायम भएका छन् आठौं राष्ट्रिय खेलकुदमा । प्रदेश नम्बर ५ को नेपालगन्जमा बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी आठौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरू चैत २७ देखि नै सुरु भएका थिए । खेलकुद प्रतियोगिताहरू नेपालगन्जबाहेक दाङ, कपिलवस्तुका साथै ललितपुरमा पनि भइरहेका छन् । आठौं राष्ट्रिय खेलकुदको समापन बैशाख ११ गते हुने कार्यक्रम रहेको छ । राष्ट्रिय खुलकुद आयोजना गर्नु चानेचुने काम होइन । तर, यसपटक पनि अन्तिम अवस्थामा तयारी गर्ने र पदाधिकारीको सुविधाका लागि खेलाडीलाई सास्ती कटाउने प्रवृत्तिमा भने सुधार भएको देखिएन । खेलाडीलाई खाना र खाजाको समेत राम्रो प्रबन्ध नसकेको समाचार आइरहेका छन् । यो पक्कै पनि उत्साह, हर्ष र गर्वको विषय हैन ।

दाङमा खेलाडीहरूले भोकाएका बेलामा खाजासमेत खान नपाएको समाचार आएको छ । नेपालगन्जको रंगशालामा कतिपय काम उद्घाटन हुनेबेलासम्म पनि सकिएको थिएन । कामको गुणस्तर कमजोर भएको गुनासो त नेपालका लागि सार्वजनिक निर्मााण्को स्थायी प्रवृत्ति हो । सरकारी अधिकारीहरूलाई निर्माण कार्यको गुणस्तर कायम गर्न केले रोक्ने हो कुन्नि? सबैलाई भ्रष्टाचारले नै कक्रक्क पारेको त पक्कै हैन होला ! यस्तै जति नै ठूलो सार्वजनिक अनुष्ठान भए पनि व्यक्ति सबैभन्दा महत्त्वपूर्ण हुन् भन्ने स्वीकार गर्न पनि शासक र प्रशासक दुवैलाई कठिन हुने कारण पनि बुझ्न सकिँदैन । खेलकुद प्रतियोगितामा सबैभन्दा बढी महत्त्व त खेलाडीकै सुविधालाई दिइनुपर्ने हो । तर, दाङमा खेलाडीहरू फुको चाउचाउ र खुसार्नी खाइरहेको तस्बिर सार्वजनिक भएको छ ।  

खेलाडीहरूले असुविधा र कठिनाइ सहेर पनि सकेसम्म राम्रो खेल्ने प्रयास गरिरहेको समाचारले भने सबै नेपालीलाई हर्षित र गौरवान्वित बनाइएको छ । प्रत्येका प्रतियोगितामा कम्तीमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सके नेपालीले अन्तर्राष्ट्रिय समुदायमा शिर ठाडो पार्ने एउटा माध्यम खेलकुद पनि हुनसक्ने देखिन्छ । तर, यसका लागि शासकहरूमा इमानदारी र खेलाडीलाई देखाउने हैन यथार्थमै सम्मान गर्ने मानसिकता हुनु आवश्यक हुन्छ । खेलकुद प्रतियोगिता होस् वा अरू कुनै सार्वजनिक काम त्यसबाट हातलाग्ने कमिसनका आधारमा मात्रै हेरिने भएपछि शासकहरू इमानदार हुनसक्ने प्रश्नै भएन । खेलाडीलाई उचित खाजाको समेत व्यवस्था नगरिनुको कारण हेलचेक्य्राइँ र बदमासी दुवै हुनुपर्छ । उद्घाटन र पदाधिकारीका नाममा हुने फजुलखर्चमा मात्रै कटौती गरिएको भए पनि खेलाडीको पेट काट्नुपर्ने पक्कै थिएन । राष्ट्रिय खेलकुद प्रतियोगिताजस्तो महत्त्वपूर्ण अनुष्ठानका आयोजकहरूसँग आग्रह छ – खेलाडीहरू हर्षित, गौरवान्वित र उत्साहित भएर फर्कने वातावरण बनाऊ ! प्रतियोगिता सकिएका छैनन् । त्यसका लागि छ त केही दिन बाँकी ।         
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC